दुधौली नगर अस्पताललाई प्रदेश अस्पताल बनाउन अन्तरक्रिया

सिन्धुली । दुधौली नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेश अस्पताल बनाउनका लागि  प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालको अवलोकनसँगै प्रशासनसँग अन्तरक्रिया गरेको छ ।
बुधवार दुधौली नगरपालिका -५ सिर्थौलीमा रहेको नगर अस्पतालमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलको टोली र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शूक माया तामाङको  विज्ञ सल्लाहकार तारानिधि पोखरेल सहित  अस्पताल पुगेको थिए ।
सर्पदंश प्रभावित क्षेत्र भएको, मदन भण्डारी राजमार्गको छेउ भएको कारण सडक दुर्घटनाका घाइतेको चाप, ठुलो क्षेत्र र बाक्लो बस्ती भएको हुँदा बिरामी सङ्ख्या धेरै भएकाले दुधौली नगर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न आवश्यक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बताएका थिए ।
अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलका सदस्य सचिव डा. खगेश्वर गेलालको नेतृत्वमा दुधौली नगर अस्पताल पुगेको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले जानकारी दिए। उनले भने हामी ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारमा लागेका छौँ । बागमती प्रदेशका केही जिल्लाका अस्पतालमा बिरामीको चाँप धेरै छ तर जनशक्ति कम छ ती अस्पताललाई प्रदेशको मातहतमा ल्याएर हामी स्तर उन्नति गर्ने छौँ मन्त्री थापाले भने । चालु आर्थिक वर्षबाट प्रदेश सरकारले नगर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तर उन्नति गर्ने घोषणा गरेको थियो।
अस्पताल स्तरोन्नति गर्न गठित कार्यदलका टोलीले अस्पतालमा पुगेर दुधौली नगरपालिकाका उपप्रमुख  चन्द्र किशोर थारु ,  वडाध्यक्षहरू यदु प्रसाद काफ्ले, कुमार शर्मा, देवप्रसाद अधिकारी, अस्पतालका फोकल पर्सन अर्जुन कार्कीसँगै अस्पताल प्रशासनसँग अन्तरक्रिया गरेको थियो  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर