ब्याक टु लाईफको सहयोगमा गोलन्जोरमा निर्माण हुने ३ हेल्थपोष्टको शिलान्यास

ग्वाल्टार।  सिन्धुलीको  गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न  सामुदायिक स्वास्थ्य केन्द्र बन्ने भएका छन् ।

गाउँपालिकाको  घोक्सिला, तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएका हुन् ।

गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक  अच्युत प्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैंया बराबरको लागतमा हेल्थपोष्ट हरूको निर्माण सुरु गरिएको छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थपोस्ट  भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ।

तस्बिरः घोक्सिला, किराँते र माझकुविण्डेमा निर्माण हुने नयाँ हेल्थपोष्टको नक्सा डिजाइन

ब्याक टु लाईफको ईभी जर्मनको सहयोगमा निर्माण हुने सामुदायिक स्वास्थ्य केन्द्रमा आकस्मिक कक्ष, औषधी कक्ष, प्रसूती क्षक, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्ष समेत रहेको छन् । हेल्थ पोस्ट भवनको निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गरेर स्थानीय सम गरिएको ब्याक टु लाईफका मेनेजर अनुप पौडेलले जानकारी दिए । निर्माणको जिम्मा वेदालय कन्ट्रक्सन भक्तपुरले पाएको छ ।

पालिकाका अध्यक्ष बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले हेल्थपोस्ट सञ्चालन गर्ने बताए । भवन निर्माणसँगै यहाँका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास गरिएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर