‘कलिगङ्गा कमला: आस्थाको एक अविरल प्रवाह’ पुस्तक लोकार्पण

सिन्धुली । ‘कलिगङ्गा कमला: आस्थाको एक अविरल प्रवाह’ पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा सोमबार (आज) एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरिएको हो ।

कलिगङ्गा कमला महिमा उजागर समितिका संयोजक तथा कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीको अध्यक्षता तथा जनकपुरको जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णव र पूर्वीय दर्शनका अन्वेषक एवं लेखक हरि मञ्जुश्रीको विशेष उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

कलिगङ्गा कमला: आस्थाको एक अविरल प्रवाह पुस्तकमा लोक कल्याणदायी कमला गङ्गाको अद्वितीय महत्त्व, नदी कमला लोक जीवनको सार्थक आधार, कमला नदीको अवस्था, माईस्थान मन्दिरको इतिहास र आध्यात्मिक पक्ष, कमला नदी कलियुगकी गङ्गा, पौराणिक कालमा सिन्धुलीको अवस्थिति लगायतको महत्त्वपूर्ण विषय बस्तुहरू समेटिएका छन् ।

पुस्तक लोकार्पणको अवसरमा जानकी मन्दिर जनकपुरका महन्त रामतपेश्वर दासले कमला नदीको उद्गमस्थल यहाँ रहेको कुरा धेरैलाई थाहा नभएकाले यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताए । कमला नदीलाई तराई मधेसका जिल्लाहरूमा देवीको रूपमा पुजिने भएकाले यसको प्रचारप्रसार र गर्न सके सिन्धुली जिल्लामा धार्मिक गतिविधि बढ्ने उनले बनाए ।

कार्यक्रमको अवसरमा कलिगङ्गा कमला महिमा उजागर समितिका संयोजक प्रमुख खड्गबहादुर खत्रीले अहिले लोकार्पण गरिएको पुस्तक पूर्ण नभए पनि यसलाई निरन्तरता दिइने बताए । आफ्नो ठाउँको विकास गर्नको लागि सबैभन्दा पहिले स्थानीय सक्रिय हुनुपर्ने उनको भनाई छ । अर्को वर्ष यस पुस्तकलाई हिन्दी भाषामा प्रकाशन गर्ने र प्रचारको लागि तराई मधेस तथा  भारको विहारसम्म पुर्‍याउने अभियान रहेको उनले बताए ।

कार्यक्रममा पूर्वीय दर्शनका अन्वेषक एवं लेखक हरि मञ्जुश्री, रेडियो नेपालका गायक मच्छेश्वर सापकोटा, प्रमुख जिल्ला अधिकारी लीलानाथ शर्मा, सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्ले, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी तथा साहित्यकार, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कलिगङ्गा कमला महिमा उजागर समितिका सदस्य प्राध्यापक विश्वनाथ बरालले गरेका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर