फोनिज सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित गुरुङ निर्वाचित भएका छन्। शनिवार सिन्धुलीमाढीमा सम्पन्न सातौँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन्।

अधिवेशनले उपाध्यक्षमा कमल सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सहसचिवमा संगीता दिम्दोङ र कोषाध्यक्षमा गिरिजाबाबु श्रेष्ठ (जीवी) पुनः निर्वाचित भएका हुन्। सदस्यहरूमा गोमा श्रेष्ठ, झल कुमारी रजन (विमला), पुनम सुनुवार, गुणमाया मगर, आदित्य लामा, राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ र नानुका तामाङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि गरी पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरी पत्रकारहरूलाई सक्षम बनाउने गरी काम गर्ने बताए।

उपाध्यक्ष कमल सरला सुनुवार

अधिवेशनलाई  सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व कानुन मन्त्री तथा बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले सञ्चारमाध्यमबाट सत्य तथ्य सूचनाहरू आम नागरिकसम्म पु¥याउँनु पत्रकारको पहिलो कर्तव्य रहेको बताए  ।

सचिव कल्पना भुजेल प्रमाणपत्र ग्रहण गर्दै
नवनिर्वाचित कार्यसमिती सहितको सामुहिक तस्विर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर