नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्छः मन्त्री तामाङ

भरतपुर । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्ने बताइन् ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनको नवनिर्मित भवन तथा एकीकृत सेवा प्रवाह कक्षको सोमबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री तामाङले नदी उकास भएका जमिनलाई उत्पादनसँग जोड्न स्थानीय प्रशासन तथा जनप्रतिनिधि सबैको साथ आवश्यक रहेको बताएकी हुन् ।

त्यसरी उद्यमीले उद्यमसँग जोड्ने नदी उकास जमिनलाई उत्पादनसँग जोड्दा अतिक्रमण गर्न भने नपाउने उनको भनाइ छ । केन्द्रमा भूमि आयोग गठन भएको भन्दै जिल्लामा एक / दुई दिनभित्र आयोग गठन भएर भूमिप्रति रहेका समस्याहरु आयोगले समाधान गर्ने मन्त्री तामाङले बताइन् ।

चितवनमा दूध, माछामासु, फलफूल र खाद्यान्नको राम्रो हुने भन्दै मन्त्री तामाङले यी व्यवसायहरुको अथाह सम्भावना भएको बताइन । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्नेगरी चितवनको भरतपुरमा स्थापना गर्न लागिएको कोशेली घरमा मन्त्रालयले सक्दो सहयोग गर्ने उनको भनाइ छ । कोशेली घर निर्माणमा अपुग भएका विषयलाई समयमै पूरा गर्दै त्यसलाई सञ्चालनमा ल्याउने तयारीमा मन्त्रालय जुटेको उनले बताइन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर