अब राजन दाहालसँग भिड्ने मुडमा सिन्धुली एमाले

सिन्धुली । एमाले सिन्धुलीको निशाना अब सांसद लेखनाथ दाहाल (राजन) तर्फ सोझिएको छ ।  सिन्धुलीबाट निर्वाचित माओवादी सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले विरुद्ध निरन्तर भ्रामक, अनर्गल दुष्प्रचार गरेको भन्दै सामूहिक प्रतिवाद गर्ने  घोषणा गरेको छ ।

एमाले सिन्धुली पौष ४ र ५ गते  दुधौलीमा बसेका चौथो पूर्ण कमिटीको बैठकले सिन्धुलीबाट निर्वाचित माओवादी सांसद लेखनाथ दाहाल (राजन) ले  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत सिङ्गो नेकपा एमाले विरुद्ध कपोकल्पित भ्रामक, अनर्गल दुष्प्रचार गरी चर्चामा आउनका लागि अनेक तिकडम गर्दै आएको भन्दै, जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले  प्रतिबाद गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले राखेको उक्त प्रस्ताव जिल्ला कमिटीले ध्वनी मत सहित जिल्ला कमिटीले अनुमोदन गरेर  सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सांसद दाहालले आफ्नो पदीय मर्यादा भुलेर सिन्धुली जिल्ला कै बेइज्जत गर्ने गरी  क्रियाकलाप गरेको भन्दै एमालेले खेद व्यक्त गरेको छ । साथै उनको गतिविधिको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई परिचालन गर्ने जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर