गोलन्जोरमा  तयार भए, २० प्लम्बर  

ग्वाल्टार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा २० जनालाई प्लम्बिङ्ग तालिम दिएको छ ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाइफ ई भी जर्मनी र स्थानीय गैरसरकारी संस्था सिएसडिएस, सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर २४ गते वार्ड नम्बर ३  ग्वाल्टारमा सञ्चालित पाँच दिने तालिममा २० जनालाई प्लम्बिङ्ग तालिम दिएको सिएसडिएस सिन्धुलीका प्रोजेक्ट म्यानेजर  विष्णु प्रसाद पौडेल जानकारी दिए ।

गोलान्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले शुभारम्भ गरेका थिए ।  तालिमको शुभारम्भ  कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष बरालले विभिन्न गाउँका खानेपानी उपभोक्ता संस्थाका जिम्मेवार व्यक्तिहरूलाई सिप प्रदान गर्ने उद्देश्य बोकेको तालिमका आयोजक ब्याक टु लाइफ ई भी जर्मनी र गैरसरकारी संस्था सिएसडिएसलाई धन्यवाद दिँदै स्थानीय जिम्मेवार व्यक्तिले तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतारेर मुर्की गाउँ र थाङ्ग्रे गाउँमा भर्खरै सम्पन्न भएका २ वटा खानेपानी आयोजना र निकट भविष्यमा सम्पन्न हुने थप ४ वटा खानेपानी आयोजनाका साथै गाउँपालिकाका आफ्नै खानेपानी आयोजनालाई समेत नियमित मर्मत सम्भार र रेखदेख गरी आयोजनालाई दिगो बनाउन सक्नुपर्ने बताए ।

कार्यक्रमको अन्तिम दिन सहभागी सम्पूर्णलाई ब्याक टु लाईफ कै आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण गरिएको  थाङ्ग्रे गाउँ खानेपानी तथा सरसफाई संस्थाको अवलोकन भ्रमण पनि गराइएको थियो | ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोगमा गोलन्जोर गाउँपालिकामा ६ वटा खानेपानी आयोजनालाई दिगो बनाउन स्थानीय व्यक्तिहरूलाई प्राविधिक सिप प्रदान गर्ने उद्देश्यले उक्त तालिम  आयोजना गरिएको प्रोजेक्ट म्यानेजर  पौडेलले माई शिर डटकमलाई बताए ।

उक्त तालिमको  प्रशिक्षण तेज बहादुर शाहीले गरेका थिए भने, मंसिर २८ गते समापनको दिन सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो |


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर