गाई काटेको आरोपमा पक्राउ परेका हाजिरी जमानीमा छुटे !

सिन्धुलीमाढी । गाई काटेर मारेको भन्ने आरोपमा एक हप्ता अघि पक्राउ परेका दुई जनालाई आज प्रहरीले छाडेको छ । गएको मंसिर २६ गते पक्राउ परेका मरिण गाउँपालिका वडा नम्बर ५ का ऐमान सिङ गोले र नक्दले गोलेलाई एक हप्ता थुनामा राखेर आज हाजिर जमानीमा छाडिएको हो ।

अनुसन्धानको  लागि विधि विज्ञान प्रयोगशाला पठाएको र  ल्याब रिपोर्ट नआए सम्मको लागि पक्राउ परेका दुई जनालाई  आवश्यक परेको बेला हाजिर हुने गरी जमानीमा छाडिको जिल्ला  प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

स्थानीय संगिता माझीको मरेको गाई काटेर घर लैजान लागेको बेला ईलाका प्रहरी कार्यालय कपिलाकोटले उनीहरूलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित गराउने गरी नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ र मरिण गाउँपालिका ५ का वडाध्यक्ष दीपक माझीको रोहवरमा स्थानीय पाल्साङ बम्जन लाई दुवै जना जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

झुटो अभियोग लगाएर निर्दोष व्यक्तिहरू पक्राउ गरेको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुलीले तत्काल छाड्न जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर