सिन्धुलीमा १ सय २७ वटा मानव अधिकार उल्लङ्घनका घटना
सिन्धुली । सिन्धुलीमा १ सय २७ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२५ मा प्रकाशन हुने नेपाल मानव अधिकार बर्ष पुस्तकका लागी मानव अधिकार संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) जिल्ला शाखा सिन्धुलीले आयोजना गरेको बार्षिक पुर्व समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेका जिल्ला प्रतिनिधि नविन अधिकारीका अनुसार सिन्धुलीमा सन् २०२३ मा १ सय ११ वटा मानव अधिकार उल्लघनका घटना भएका थिए भने सन् २०२४ मा १ सय २७ वटा घटना भएका छन् ।
विभिन्न १० वटा शीर्षकमा मानव अधिकार उल्लघनका घटनाको अभिलेखीकरण गरिएको छ । जसअनुसार जिल्लामा सबैभन्दा वढी ८४ वटा घरेलु हिंसाका घटना घटेका छन् । बलात्कारका १८ वटा घटनामा १३ बालिका, ५ महिला र बलात्कार प्रयासका घटनामा २ बालिका र ६ महिला पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, हत्याका ३, बेचविखनका ४, बालयौन दुव्र्यवहारका १, बहुविवाहका ६, वालविवाहका १, विद्यालयमा दिईने शारीरिक सजाय १ गरि १ सय २७ वटा मानव अधिकार उल्लघनका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि अधिकारीले बताए ।
सन् २०२३ मा सबैभन्दा बढी घरेलु हिंसाका ६४, बलात्कारका ३१, कुटपिटका ८, कारागारमा मृत्यु १, हत्याका २, बालविवाहका १, यौन दुव्र्यवहारका ३, बोक्सिको आरोपका १ वटा घटना अभिलेखिकरणमा रहेको छ ।
यसैबिच, विश्व मानव अधिकार दिवसको अवसरमा इन्सेक सिन्धुलीको आयोजना, मानब अधिकार तथा असल शासन क्लब सिन्धुली एंव आयोनको समन्वयमा “नेपाली समाजमा वैदेशिक रोजगारले निम्त्याएका मानव अधिकारका सवालहरु” बिषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा वैदशिक रोजगारीले मानव अधिकारमा पारेको प्रभावहरु र समाधानका उपायहरुमा छलफल गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।