कम्प्युटर एशोसियन महासंघ सिन्धुलीको अध्यक्षमा मैनाली निर्वाचित
सिन्धुली । कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली (बासु) सर्वसम्मत निर्वाचित भएका छन् ।
क्यान सिन्धुलीको १० औं बार्षिक साधरणसभा तथा ५ औं अधिवेशनले मैनालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको उपाध्यक्षमा समिर श्रेष्ठ, सचिवमा मिनबहादुर श्रेष्ठ (दिपक), सहसचिवमा सोनी कुमारी झा, कोषाध्यक्षमा होमबहादुर श्रेष्ठ रहेका छन् ।
यस्तै, सदस्यहरुमा मनोज थापामगर र चित्रकुमारी श्रेष्ठ निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष मैनालीले विधानानुसार दुई जना सदस्यहरु ज्योति श्रेष्ठ र खुस बहादुर दाहाल (अन्जन) लाई मनोनीत गरे ।
अधिवक्ता नारायण बरालको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले मैनालीको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा बिजय तामाङ र रमेश बहादुर सार्की रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष मैनाली यसअघि संस्थाका उपाध्यक्ष थिए । क्यान सिन्धुलीमा १० वर्ष बढी निरन्तर क्रियाशील मैनाली मरिणको कपिलाकोट स्थित इजी कम्प्युटर इन्चिच्युट सञ्चालक हुन् । सूचना प्रविधिको क्षेत्रमा मैनाली एक दशकदेखि संलग्न परिचित नाम हुन् । सिन्धुलीको मरिण गाउँपालिका-६ निवासी मैनाली कपिलाकोटमै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवद्र्धनमा सक्रिय छन् ।
यसअघि, संस्थाको १० औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशनको शनिबार करदाता कार्यालय सिन्धुलीका प्रमुख मनोज कुमार न्यौपानेले उद्घाटन गरेका थिए । उनले क्यान सिन्धुलीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुसी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।