गोलन्जोरमा एक वर्षमै बन्यो! कृषि र पशुपंक्षी सेवा लागि छुट्टै भवन, अध्यक्ष बरालले गरे उद्घाटन
सिन्धुली। कृषि तथा पशुसेवा सञ्चालनको लागि सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नयाँ भवन सञ्चालनमा ल्याएको छ।
उक्त भवनको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ।
आर्थिक करिडोर कार्यालय पाख्रीबासका निमिक्त निर्देशक डा. नन्द किशोर यादव को उपस्थितिमा भवनको आज एक कार्यक्रमका बीच गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल ले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बरालले नयाँ भवन संचालनमा आएसँगै कृषि तथा पशुपंक्षी सेवाको एकीकृत रुपमा सेवा प्रवाह हुने बताए। उनले गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै आगामी दिनमा सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताए साथै उनले भवन निर्माणमा सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गरेका थिए।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय, पाख्रीबास, धनकुटाको ३ करोड ३१ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक वर्षभित्रै निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
नवनिर्मित भवन दुई तलाको रहेको छ। उक्त भवनमा पशुपन्छी प्रयोगशाला कृषि प्रयोगशाला रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकिशोर चौधरीले जानकारी दिए। उक्त भवनमा प्रयोगशालासँगै पशुपन्छी उपचार कक्ष, तालिम हल औषधि वितरण कक्षा र अशक्त कक्ष समेत रहेको बताए। उनले भने अब हामी तत्कालै कृषि तथा पशु सेवा नयाँ भवनबाट सुरु गर्दछौं। आगामी दिनमा यसलाई बढाएर अस्पतालको को रूपमा विकास गर्ने लक्ष्य राखेका छौं। आवश्यक अनुसार डाक्टरको दरबन्दी थप गरेर पशु तथा पन्छीको पोस्टमार्टमको पनि यहीँबाट सञ्चालन गर्ने योजनामा रहेका छौं ।उनले भने।
भवन उद्घाटन कार्यक्रममा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार ) विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय र कर्मचारीहरूको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।