तीनपाटनका अशक्तलाई घरमै नागरिकता

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाका अशक्त व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अभियान अन्तर्गत तीनपाटन गाउँपालिकाले जन्मजात पूर्ण शारीरिक असक्तलाई घरमै नागरिकता प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटुवाल र वडाध्यक्ष भूपाल तामाङले तीनपाटन गाउँपालिका-५ खपाङ्गीटार निवासी १९ वर्षीय किशोरी सुनिता तामाङलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नु सबै नागरिकको अधिकार भएको र कार्यालयमा उपस्थित हुन नसक्ने शारीरिक रूपमा पूर्ण असक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत प्रवीण कटुवाल बताए ।

नागरिकता वितरणको लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलको सहयोगी भूमिकाका कारण तीनपाटन गाउँपालिकामै पहिलो पटक घरमै नागरिकता प्राप्त गर्ने सुनिता पहिलो अपाङ्ग किशोरी भएको वडाध्यक्ष तामाङले बताए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट अधिकृत प्रवीण कटुवालले सो कार्यका लागि खटिएका थिए । ।

२०६२ सालमा जन्मिएकी सुनिता ६ महिनापछि अपाङ भइन् कि भन्ने शंका लागेको थियो, नभन्दै त्यस्तै भयो, सुनिताकी बुबा चेतबहादुर तामाङले बताए । मेरी छोरीले घरमै नेपाली नागरिकता पाउँछिन् भन्ने लागेको थिएन, तर वडाध्यक्षको सहयोगका कारणले अहिले घरमै नागरिकता प्राप्त भयो, उनले खुशी हुँदै भने । भौगोलिक रूपमा दुर्गम र पूर्ण असक्त आफ्ना छोराछोरीलाई घरमै आएर नागरिकता प्रदान गरेकोमा वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय सिन्धुली लगायत सहयोगी सबैलाई पिता चेतबहादुर तामाङले धन्यवाद दिए।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर