सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज सञ्चालनमा, चल्न थाले गाडी

सिन्धुली। असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवन काटेर उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । आज (मंगलबार) देखि पुलमा गाडी गुड्न थालेका हुन् ।

सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज पुनर्निर्माण भएको हो । सडक विभागले हेटौंडाबाट पाँच ट्रक बढी सामग्री सिन्धुली ल्याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको छ ।

आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका शुभराज न्यौपानेले जानकारी दिए ।

 

असोज १०–१२ गतेको अबविरल वर्षापछिको बाढीले  बीपी राजमार्गसहितका सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर