जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख बर्माको निधन

सिन्धुली। जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख शंकरराज बर्मा तिवारीको निधन भएको छ। लामो समयदेखि अचेत अवस्थामा रहेका बर्मा तिवारीको आइतबार राती साँढे ९ बजे ५८ वर्षको उमेरमा घरमै मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ।

 

तिवारी २०७४ सालको स्थानीय निर्वाचनमा जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा निर्वाचित भएका थिए।

नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै बागमती प्रदेश कमिटी सदस्य समेत भएका बर्मा २०५४ सालको आम निर्वाचनमा तत्कालिन निपाने गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए।

 

२०७९ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएका थिए। त्यसपश्चात बर्मा एकाएक बिरामी भएका थिए। ‘उनको पेटमा समस्या आएको र ज्वरो आएपछि उपचारका क्रममा अस्पताल लगिएपनि उपचार सफल हुन सकेको थिएन। उपचारकै क्रममा अचेत भएका बर्माको होस आएन। झण्डै दुई वर्ष अचेत रहेका बर्माको दुधौली नगरपालिका ३ निपानेमा रहेको निवासमा नै निधन भएको थियो।

बर्माको श्रीमती एक छोरा र एक छोरी रहेका छन्। उनको सोमबार धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिको छ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर