भकुण्डे – सित्खा जोड्ने छोटो बाटो खुलाउने तयारी मात्रै हो, खुलेको छैन !
सिन्धुली । काठमाडौँबाट सिन्धुली आउन अर्को छोटो वैकल्पिक सित्खा–तेमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने तयारी भइरहेको छ ।
भकुण्डेबेसीबाट काभ्रेको तेमाल गाउँपालिकाको तेमालडाँडा सुन्दरेटार हुँदै मध्यपहाडी लोकमार्गबाट खाँडादेवी गाउँपालिकाको–३ सित्खा बजार निस्कने सडक खोल्ने तयारी गरिएको हो ।
यो बाटो भकुण्डेबेसी तेमाल डाँडा हुँदै रामेछापको सुनापति गाउँपालिका र काभ्रेको सिमानामा पर्ने सिन्दुरेटार पक्की पुल पार गरी रामेछापको लुभुघाट हुँदै मध्य पहाडी लोक मार्गमार्फत सित्खा बजारबाट मुल्कोट निस्कन्छ ।
भकुन्डेबेसी तेमालडाँडा हुँदै सिन्दरेघाटसम्म सडक सरसफाइ र मर्मत भइरहेको तेमाल गाउँपालिका उपाध्यक्ष धन मान थोकरले जानकारी दिए । उनले माईशिर डटकम सँग भने, ‘भकुण्डे देखि तेमाल डाँडा सम्मको बाटो उकालो साँघुरो र केही ठाउँ दबदबे हिलो छ विद्युतीय सवारी र ठुला बसहरू सञ्चालनमा समस्या हुन्छ । मोटर साइकल र चार पाङ्ग्रे फोर ह्वेल सवारी साधनहरू यस मार्गबाट सञ्चालन गर्न सकिन्छ ।’ तर, यो पूर्ण रूपमा कच्ची सडक हो । मौसमले साथ दिए भोलि बेलुकी देखि सञ्चालनमा ल्याउन सकिन्छ की ? भन्ने छ, केही निर्माणको काम बाँकी नै छ । बाटो खुली सकेको छैन, यात्रुले बिच बाटोमा दुःख सास्ती पाउन सक्छन् । उपाध्यक्ष थोकरले भने ।
यो सडक खुलेपछि काभ्रेको भकुण्डेबेसीबाट रामेछापको सित्खा बजार निस्कन ३५–४० किलोमिटर कच्ची सडक पार गर्नुपर्ने रामेछापको खाँडादेवी गाउँपालिका –३ भीरपानीका वडा सदस्य राजेश कार्कीले बताए ।
यो सडक आइतबारदेखि खुलाउने गरी काम भइरहेको उनले बताए । उनले भने, “मन्थली–सित्खा–तेमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने काम भइरहेको छ । अहिले मध्य पहाडी लोक मार्गमा खसेको पहिरो पन्छाउने काम जारी छ । दुई ठाउँमा ठुलो पहिरो खसेकोमा अब एक ठाउँको मात्र पहिरो पन्छाउन बाँकी छ । भोलिदेखि यो बाटो खुलाउने गरी लागिपरेका छौँ ।”
उनका अनुसार यो बाटो खुलेपछि सित्खाबाट लुभुघाट–८ किलोमिटर, लुभुघाटबाट सिन्दुरेटार ५ किलोमिटर, सिन्दुरेटारबाट काभ्रेको तेमालडाँडा १२ किलोमिटर र तेमालडाँडाबाट भकुण्डेबेसीबजार १४ किलोमिटर पार गरेपछि काभ्रेको भकुण्डेबेसी बजार निस्कन्छ ।
तर, बाटो नै नखुली कान्तिपुरमा ‘अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तेमाल हुँदै सित्खा ३५ किमी मात्रै ‘ समाचार आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी सायक निरीक्षक रामेश्वर पाण्डेले सामाजिक सञ्जालबाट समाचार निराधार भएकाले भ्रममा नपर्न अपिल गरेका छन् । उनले भने बाटो खुलेको हैन । छैन । भ्रममा नपर्नुस् । प्रयास भइरहेको छ । खुल्यो भने पछि खबर गरौँला ॥
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया