दशैं मनाउन सिन्धुली आउनेहरूको लागि ४ वैकल्पिक मार्ग

सिन्धुली। बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको बिपी राजमार्ग दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले लगातार प्रयास गरिरहेको भए पनि क्षतिको परिमाण ठुलो भएकाले डाइभर्सनमार्फत ट्रयाक खोल्न अझै धेरै समय लाग्ने बताएको छ ।

यस सूचनाले दशैंमा बिपी राजमार्ग हुँदै  सिन्धुली आउने र पूर्व जाने योजना बनाएका यात्रुहरूलाई थप सास्ती दिएको छ । त्यसमाथि पृथ्वी राजमार्गमा पनि समस्या देखिएकाले घर फर्किने यात्रुहरू झनै समस्यामा पर्ने भएका छन् ।

यद्यपि, सरकारले चाहेमा बिपी राजमार्ग आसपासका ग्रामीण सडकहरू मार्फत पूर्वतिर जाने वैकल्पिक मार्गहरू व्यवस्था गर्न सक्ने देखिन्छ । पहिलो विकल्पका रूपमा धुलिखेल-भुकुण्डेबेशी, तेमाल, मेच्छे हुँदै नेपालथोकको सडकलाई प्रयोग गर्न सकिन्छ । भुकुण्डेसम्मको सडक सञ्चालनमा छ र तेमालको बाटो हुँदै बिपी राजमार्गमा पुनः जोड्न सकिन्छ । यद्यपि, यो बाटो पनि पहिरोबाट प्रभावित भएकोले बिहीबार ट्रयाक मात्र खुलाइएको छ ।

त्यसैले हामीले सिन्धुली सहित सिन्धुलीको बाटो भएर पूर्वजाने यात्रुहरूलाई यी ४ वैकल्पिक मार्गहरू सिफारिस गर्दछौँ ।

पहिलो विकल्प:

काठमाण्डौबाट सिन्धुली आउनको लागि धादिङको नौबिसे त्रिभुवन राजपथ हुँदै मकवानपुरको पालुङ-हेटौँडाबाट मदनभन्डारी मार्ग हुँदै सिन्धुली आउन सकिन्छ । सबै ठाउँमा कालोपत्रे गरिएको छ। यसको मार्गको लम्बाई सिन्धुलीमाढीसम्म आइपुग्दा २ सय ३० किलोमिटर रहेको छ ।

दोस्रो विकल्प:

दोस्रो विकल्पको रूपमा थानकोट भएर चन्द्रागिरि- कुनसाल हुँदै पालुङ आएर हेटौँडा झरेर सिन्धुली आउन सकिन्छ । यो मार्ग दुरीको हिसाबले केही छोटो भए पनि कच्ची र उकाले भएकाले अलि अप्ठ्यारो रहेको छ । थानकोट-चन्द्रागिरीमा भर्खरै ट्रयाक खोलेको हुँदा कच्चि रहेको छ । यो मार्ग भएर सिन्धुलीमाढी आइपुग्न २ सय १० किलोमिटर दुरी पर्दछ ।

तेस्रो विकल्प:

तेस्रो विकल्प अरनिको राजमार्ग हो, जसले दोलालघाट, चरिकोट, मन्थली हुँदै सित्खाबाट सिन्धुलीको मुलकोट नजिकै बिपी राजमार्गलाई जोड्छ । यस मार्गबाट मुल्कोबाट खुर्कोट हुँदै सिन्धुलीमाढी आउन सकिन्छ । खुर्कोटसम्म आइपुग्दा २ सय ३१ किलोमिटर रहेको छ भने, सिन्धुलीमाढी आइपुग्न २ सय ७० किलोमिटर पर्दछ ।

चौथो विकल्प:

त्यसैगरी स्थल मार्ग बाहेक  चौथो विकल्पको रूपमा हवाई मार्गको प्रयोग गर्न सकिन्छ । काठमाण्डौबाट जनकपुर झरेर पनि सिन्धुली आउन सकिन्छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर