मध्यपहाडी खुर्कोट-घुर्मी खण्ड दर्जन बढी स्थानमा पहिरो, तीन दिनदेखि अवरुद्ध
सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जन बढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
ओखलढुङ्गा, सोलुखुम्बु,खोटाङ, भोजपुर र उदयपुरको राजधानी काठमाडौँ सँग जोडिने मुख्य मार्गको रूपमा रहेको मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
पहिरोका कारण गोलन्जोर गाउँपालिका-६ हैबार अक्कर, बलेली, कुखुरे टार, काली आँप र कुँडुले, मुर्कीबेसी लगायत ठाउँमा पहिरो खसेको छ भने कतिपय ठाउँ सुनकोशीको बाढीले सडक नै बगाएको छ ।
त्यस्तै फिक्कल गाउँपालिकाको नवलपुर, निगुरेखोला लगायत विभिन्न दर्जन बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरोध भएको छ ।
सडक अवरुद्ध बनेपछि सयौँ यात्रुहरू अलपत्र परेका छन् ।
वर्षा रोकिए पछि स्थानीय तह, सडक विभाग, जनपथ प्रहरी र स्थानीयको सहयोगमा अवरोध पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।