बाढी पहिरो अपडेटः सिन्धुलीमा २ को मृत्यु

सिन्धुली । बिहिबार देखी भएको निरन्तर बर्षाका कारण बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परि शनिबार एक बालकको मृत्यु भएको हो भने खोलाले बगाउदा एक पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार घरमाथि बाट पहिरो खस्दा भाग्ने क्रममा सुनकोसी गाउँपालिका १ का १२ बर्षिय बालकको मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

यस्तै शुक्रबार राती कमलामाई नगरपालिका ९ सुके खोलाले बगाउँदा एक जना बेपत्ता भएका कमलामाई नगरपालिका १३ का ४२ वर्षीय कृष्ण बोगटीको मृत्यु भएको छ । उनको शव १ ५ किलोमिटर तल दोभानमा फेला परेको एसपी काफ्लले जानकारी दिए ।

बर्दिबासमा काम गर्न गएको र घर फर्कँदा खोला तर्ने क्रममा उनलाई राती ८ः१५ बजे बाढीले बगाएको थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर