अझै उद्धार भएन, सिन्धुलीको रोशीको भंगालोमा फसेका ३३ शिक्षक विद्यार्थीको

बाढीको भंगालोमा  फसेका ३३ बटुक, शिक्षक, कर्मचारी र पुजारीको अझै उद्धार हुन सकेन।

सिन्धुली ।  अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीका कारण काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सिमाक्षेत्रमा रहेको सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहेको आदि लिंगेश्वर कुशेश्वर गुरुकुलका बटुकहरु, शिक्षकहरु, कर्मचारी र पुजारी गरि ३३ जना बाढीको भंगालोमा फसेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि गुरुकुलका २६ जना बटुक ९विद्यार्थी०, ३ जना शिक्षक, २ जना कर्मचारी र २ जना मन्दिरका पुजारी बाढीमा फसेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, उनीहरु शुक्रबार साँझ ४ बजेको समयमादेखि त्यहाँ फसेको जानकारी प्राप्त भएको छ ।

मन्दिरको चारैतिर कोशी र रोशीको बाढीले छेकेपछि उनीहरुलाई सुरक्षित स्थानमा लान नसकिएको उनले जानकारी दिए । उद्धारको लागि सुरक्षा निकाय तैनाथ अवस्थामा रहेपनि मौसल प्रतिकूलताका कारण त्यहाँसम्म पुग्न सक्ने स्थिति नरहेको उनले बताए ।

उनका अनुसार त्यहाँको स्थितिका बारेमा प्रहरीले प्रशासनले निगरानी गरेर राखेको अवस्था छ । उद्धारको लागि केन्द्रीय कार्यालयमा हेलिकप्टरको माग गरिएको छ । तर, मौसम प्रतिकुलताका कारण त्यहाँबाट पनि हेलिकप्टर तत्कालै आउन सक्ने स्थिती नरहेको उनले जानकारी दिए ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर