सिन्धुलीको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

सिन्धुली । सिन्धुली जिल्लाका दुई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् ।

हरिहरपुरगढी गाउँपालिकामा रेवती प्रसाद पौडेल र मरिण गाउँपालिकामा भुवन चापागाइलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेको छ । यस अघि मरिण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीको सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ । भने हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दातारम प्याकुरेल घ्याङ्लेख सरुवा भएर गएपछि, पालिकामा रहेका कर्मचारीहरु मध्ये सिनिरयर स्वास्थ्य तर्फका अधिकृत छैटौं दिपेन्द्र पैकारलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।

यता सिन्धुलीको गोलन्जोर गाउँपालिका भने, एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ । पटक पटक सरुवा हुँदा पनि हाजिर गर्न नआउने र आए पनि धेरै समय नबसी अन्यत्र सरुवा भएर जाने गरेका कारण सोहि पालिकामा रहेका कर्मचारीहरु मध्ये सिनियर कर्मचारीहरु मध्येबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदै आएको छ। पालिकामा प्रमुख प्रशासकीय अधिकृत ल्याउन गाउँपालिका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले इच्छा नदेखाएको र निमित्तको भरमा गाउँपालिका चलाउन खोजेपछि देशभरका १ सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा गोलन्जोर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएको हो ।

शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।७५३ स्थानीय तहमध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ति स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर