जुनारमा सुँडे पुतलीको प्रकोप बढेपछि प्रोत्साहन दिँदै गोलन्जोर गाउँपालिका

पुतलीको टाउकाको मूल्य तोक्यो!

सिन्धुली । जुनारको राजधानी भनेर परिचय स्थापित गरेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाले  जुनार को फल चुस्ने सुँडे मोथ पुतलीबाट जोगाइ क्षति न्यूनीकरण लागि नयाँ विधि अपनाएको छ । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको हो । १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष निकालिएको हो ।

गाउँपालिकाले जुनार/सुन्तलामा हुने क्षति न्यूनीकरणको लागि सूचना नै प्रकाशन गरी सुँडे मोथ पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रोत्साहन दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । पालिकाको २० भाद्रमा भएको कार्यपालिका निर्णय अनुसार सूचना प्रकाशन गरिएको चौधरीले जानकारी दिए ।
– १५ भाद्रमा सुँडे मोथ पुतली न्यूनीकरण तथा रोकथामको लागि तत्कालीन र दीर्घकालीन विभिन्न उपायहरूको बारेमा छलफल भयो, तत्काल समात्ने र मार्ने कार्य उत्तम हुने भएको देखिएकोले यो निर्णय भयो”–प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ।
सिन्धुलीमा रहेका ९ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै जुनार खेती हुने क्षेत्रफल र कृषकको संख्या गोलन्जोर गाउँपालिकामा रहेको छ । जुनार खेतीबाट कृषकहरूलाई राम्रो आम्दानी हुने भए पनि बेलाबखत विभिन्न रोग किराले सताइरहेको छ ।
गतवर्ष जुनारमा लाग्ने सुँडे मोथ पुतलीले जुनार फलको रस चुसेर करिब डेढ – दुई करोडको क्षति भएको कृषकहरूको भनाइ उद्धृत गर्दै कृषि शाखा प्रमुख सरोज दाहालले भने- “यस वर्ष सुँडे मोथ पुतली अझ बढी प्रकोपको रूपमा देखिएकोले यो उपाय कार्यान्वयनमा ल्याइएको
हो । ”

सूचना !


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर