अखिल क्रान्तिकारी सिन्धुलीको अध्यक्षमा राना र श्रेष्ठ भिड्दै

सिन्धुली । माओवादी केन्द्र सिन्धुलीमा बढेको विवाद विद्यार्थी संगठनको जिल्ला सम्मेलनमा पोखिएको छ । अखिल क्रान्तिकारी सिन्धुलीको नेतृत्व चयन सर्वसहमतिमा गर्ने चाहना विपरीत पार्टीका केन्द्रीय सदस्यको हस्तक्षेपपछि माओवादी केन्द्र सिन्धुलीको विवाद तल्लो कमिटीसम्म मात्रै पुगेन  सहमति नजुटेपछि सम्मेलन नै स्थगन भयो भने निर्वाचन मार्फत नेतृत्व चयन हुने भएको छ।

सिन्धुलीमाढीमा बुधवारबाट सुरु भएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औँ जिल्ला सम्मेलनमा सहमतिमा नेतृत्व चयन हुन  नसकेपछि चुनाव हुने अवस्थामा पुगेको हो ।

जनयुद्धको समयमा मरिणको जनसरकार प्रमुखसमेत रहेका पुराना नेता भक्त रानाका छोरा सुमन रानालाई ७ पालिका कमिटीले अध्यक्ष बनाउन प्रस्ताव सहित मातृका भट्टराईको संयोजक रहेको  हेम कार्की र सोम प्रसाद बराल सदस्य रहेको अध्यक्ष मण्डलमा लिखित हस्ताक्षर बझाएका थिए।

कमलामाई र गोलन्जोर बाहेक रानालाई विद्यार्थीको जिल्ला अध्यक्ष बनाउनको लागि नेकपा माओवादी जिल्ला कार्यालय सहित क्रान्तिकारीको मरिण, सुनकोशी, हरिहरपुरगढी, घ्याङ्लेक, फिक्कल र तीनपाटन  गाउँपालिका र दुधौली नगरपालिका कमिटीले हस्ताक्षर नै बुझाएका थिए ।  तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालले जिल्लामा आफू कमजोर बन्न थालेपछि  विद्यार्थी संगठन आफ्नो नियन्त्रणमा राख्न जिल्ला अधिवेशन स्थगित गर्न लगाएका छन् ।

दाहालले आफ्नो विश्वास पात्र  धनबहादुर श्रेष्ठ (सुवास) लाई उमेरद्वारा बनाएको अखिल क्रान्तिकारीमा लामो समय सचिवालय सदस्य बनेर अहिले पार्टी राजनीतिमा क्रियाशील एक नेताले  माईशिर डटकमलाई  बताए । उनले भने:  बहुमत प्रतिनिधीहरूले सर्वसहमतिमा सुमन कमरेडलाई अखिल क्रान्तिकारी सिन्धुलीको अध्यक्ष बनाउन  भन्दा अस्वीकार  गर्दै संघीय माननीय दाहालले आफ्नो प्रतिष्ठाको लडाई रहेको र आफू कमजोर  बन्न थालेपछि सम्मेलन स्थगित गराउनु आश्चर्य लाग्यो । सम्मेलनको उद्घाटन सत्रमा दाहालका विश्वास पात्रले कार्यक्रम सञ्चालन गर्दा अखिलकै पूर्व सचिवालय सदस्य एवम् प्रमुख अतिथि भन्दा शिनियर गणेश रत्न लाई आसन ग्रहण गर्नबाट रोकिएको थियो ।  दाहालकै स्वकीय सचिवसमेत रहेका रत्नलाई सचिवालयका दुई  विश्वास पात्रले रोकेका थिए ।

बुधवार सहमति नभएपछि स्थगित भएको सम्मेलन भदौ २६ मा चुनाव हुने बताइएको छ । तर दाहालको पक्षमा परिणाम नआउने देखियो भने निर्वाचन पनि नहुने सम्मेलनमा  सहभागी एक सदस्यले बताए । सम्मेलन क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष तुकमान मोहराले उद्घाटन गरेका थिए। सम्मेलनमा जिल्लाका नौ पालिका र विभिन्न कमिटीबाट  ४४६  प्रतिनिधिहरू रहेका छन्।

स्मरणीय छ: माओवादी केन्द्र  सिन्धुलीको भवन निर्माणका क्रममा अनियमितता प्रश्न उठेपछि सो विषय जिल्ला पार्टीले   पालिका कमिटीसम्म पठाएपछि दाहाल अहिलेको नेतृत्वको विरुद्ध कठोर बनेका हुन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर