पुकारले ‘पानीराज’माथि लगाएको आरोप निराधार हो: इन्चार्ज माझी

सिन्धुली।  नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी ‘बसन्त’ ले  पानीराज बम्जनमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् ।

माओवादीको केन्द्रीय सदस्य समेत रहेका माझीले माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनमाथि माओवादी नेता ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ले लगाएको आरोप  निराधार रहेको बताए ।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उने भने, ‘हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य ज्याला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुकबाट सिन्धुली जिल्ला पार्टी संयोजक  पानीराज बम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै चरित्रहत्या गरेका छन् ।

बम्जनलाई जिल्ला नेतृत्व त्याग गरेर मार्ग प्रशस्त गर्न न्यौपानेले निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ । विज्ञप्तिमा  भनिएको छ।

कपोकल्पित, तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण नगर्न र नगराउनुहुन ज्वाला प्रसाद न्यौपाने (पुकार) लाई सचेत गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै अनावश्यक तथ्यहीन भ्रामक आरोपको पछि नलाग्नुहुन सिङ्गो पार्टी पंक्ति, शुभचिन्तक, समर्थक र आम न्याय प्रेमी जनसमुदायहरूमा आग्रह गरिएको छ।

 

गोलन्जोर गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत रहेका न्यौपानेले बुधवार मध्यराती आफ्नो सामाजिक सञ्जालबाट जिल्ला संयोजक पानीराज बम्जनलाई लक्षित गरेर “ कमरेड,  राते !!! तिम्रो हत्या गर्ने तिम्रो सुराकी मेरो नेता छ माफ गर !!! लेखेका थिए ।

ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ ले लेखेका स्टाटस र कमेन्टमा कार्यकर्ता सँग गरेका सवालजवाफ

पार्टी कार्यकर्तासँगको कमेन्ट सवाल जवाफमा उनले तोकेरै पानीराज बम्जन हत्यारा हो भनेर लेखेपछि माओवादी वृत्तमा हल्लाखल्ला भएको थियो । न्यौपाने उक्त कमेन्ट डिलिट गरे पनि पोष्ट शुक्रवार बिहान सम्म कायम थियो ।  त्यहाँ पाटी नेताहरूलाई आलोचना गरेर कमेन्ट दोहोरी चलेको थियो । इन्चार्ज माझीको विज्ञप्ति पछि  उनले  फेस्बुक पोष्ट  पनि डिलिट गरेका छन् ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर