विशाल-कुमार स्मृति पत्रकारिता पुरस्कार कृष्णहरि घिमिरेलाई

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई   यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार  प्रदान गरिएको छ।

सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक   परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव अधिकारीकर्मी  कृष्णहरि घिमिरेलाई २१ औँ  विशाल – कुमार स्मृति दिवसको अवसरमा पत्रकारिता पुरस्कार  प्रदान गरिएको हो।

पत्रकार घिमिरेलाई प्रेस चौतारी नेपालको संवन्वयमा विशाल कुमार – स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् शेरमान कुवर (विशाल) को जीवन संगिनी निरू दर्लामी र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं विशाल कुमार स्मृति प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले दोसल्ला ओढाउँदै प्रमाण पत्र र नगद पाँच हजार रुपैंया प्रदान गरेका थिए।

विशाल कुमार स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना जनपक्षीय पत्रकारलाई स्मृति दिवसको अवसरमा सम्मान र पुरस्कृत गर्दै आएको छ ।

तत्कालीन माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ लाई सिराहा जिल्लाको धन्छवारमा तत्कालीन नेपाली सेनाद्वारा नियन्त्रणमा लिई आजकै दिन अर्थात् भदौ २० गते गोली हानी बीभत्स हत्या गरेको थियो ।

स्मृति कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विशाल कुमारले देखाउनु भएको बाटोबाट नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको र त्यसको नेतृत्व अहिले केपी ओलीले गरिरहनु भएको बताए । उनले भने, कमरेड पुष्पलाल, मदन भण्डारी र केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको एउटै पाटो भएको र एमाले मात्रै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा अगाडि बढिरहेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर