नेपालीलाई गलपासो ‘राष्ट्रिय परिचयपत्र’

२०७७ सालमा म छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएको थिए । नागरिकता बनिसकेपछि कर्मचारीले अर्को  कोठामा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाएर जानू भन्नू भयो । अनि म र मेरी छोरी फोटो खिच्न त्यो कोठामा गयौ मैले क्याप टोपी लगाएको थिए टोपी फुकाल्नु भने पछि मैले टोपी फुकाले टोपीले अनुहार छोपिन्छ होला फोटो राम्रो आउँदैन होला भन्ने मैले बुझे।

फोटो खिचिसके पछि एक थान कागज बोके घर हिँडे,यति बेलासम्म यो के हो ?  किन खिच्नु पर्नै हो ?  केही थाहा थिएन, सरकारी कार्यालय बाट फोटो खिचाउने भनेपछि पक्कै राम्रै कामको लागी होला भन्ने मात्र बुझेँ । समयको अन्तराल सँगै राष्ट्रिय परिचयपत्रको विषयमा उठेका कुराहरू सुन्दै र बुझ्दै जाँदा र त्यस फोटो खिच्ने क्रममा घटित भएका केही कुराहरूलाई महसुस गर्दै जाँदा राष्ट्रिय परिचयपत्रको अवधारणा अनुचित लाग्न थाल्यो । जस्तै: नेपाली नागरिकता बनाउँदा ढाका टोपी लगाको दुवै कान देखिने फोटो अनिवार्य चाहिन्थ्यो भने,यस परिचयपत्रको लागि टोपी अनिवार्य नभएको र लगाएको भएपनि खोल्न लगाउनुले स्मरण गर्दा कता कता दालमें कुछ काला हें भने झैँ लाग्यो ।

गोरखनाथ सम्प्रदायका योगीहरूले कानमा लगाएको कुण्डल फुकाल्न लगाएको समाचार आयो । सृष्टि कै पहिलो सभ्यता भनेको शिव सभ्यता हो, जुन शिव सभ्यता मध्यको एउटा सम्प्रदाय नाथ परम्परा अन्तरगत दीक्षित भएका योगी र नाथहरूले कानमा कुण्डल लगाई आएका छन् । त्यो कुण्डल नाथ परम्पराको पहिचान हो । त्यस कुण्डललाई समेत फुकाल्न लगाउनु भनेको शिव सभ्यता माथि कै प्रहार हो, भनेर बुझ्न कठिन हुँदैन ।

फेरी ठाउँ-ठाउँमा विवाहित महिलाहरूले लगाएको सिउँदोको सिन्दूर पुछ्न लगाएको नाकको बुलाकी फुकाल्न लगाएको कानको सिक्री फुकाल्न लगाएको समाचारहरू आएका थिए । नेपाली विवाहित हिन्दु नारीहरूको सिउँदोमा सिन्दूर हुन्छ । यो विश्वकै आदि तथा अन्त्य संस्कार हामी नेपालीहरूको हो । यसलाई पनि मेटाएर सांस्कृतिक रूपमा पनि सन्सार एउटै हो भन्ने बनाउन खोजेर विदेशी नारीहरू जस्तै हाम्रा नेपाली आमा दिदीबहिनीहरूलाई संस्कार विहीन र सिन्दूर विहीन बनाउन खोजिएको होइन भनेर भन्न सकिने अवस्था छैन । भनिन्छ ।
कुनै पनि देशको अस्तित्व खतम पार्नु छ भने,त्यसको भाषा,भेष, पहिरन, र संस्कृतलाई समाप्त गर्नु पर्छ भन्ने झैँ यी घटनाहरूबाट सनातनी पहिचानलाई खत्तम पारेर पश्चिमा संस्कृत भित्राउने खेलको रूपमा बुझ्न सकिन्छ ।  यस्तो घटना बाहिर आइसकेपछि देश प्रेमी जनप्रेमीहरूबाट यसको विरोध हुन थाले पछि पछिल्लो समय टोपी खोल्न नपर्ने विवाहित महिलाले सिन्दूर पुछ्न र गहना फुकाल्न नपर्ने  बनाइएको थियो ।

पहिलो चरणमा वृद्ध भत्ता र भूपू कर्मचारीहरूको पेन्सन लिन को लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लागू गरिएको थियो । ओछ्यानमा थला परेर बसेका अशक्त वृद्धाहरूलाई कोसौँ टाढा जिल्ला सदरमुकाम धाएर होटेल लजहरूमा बसेर घण्टौँ लाइन लागेर परिचयपत्रको फोटो खिच्न धेरै सास्ती भएको थियो ।  त्यस माथि कर्मचारीको ढिला सुस्ती र हकार पकार पनि सुन्नै पर्‍यो । अझ दसैँ पछि देखि त दोस्रो चरण अन्तरगत सबै सरकारी सेवा लिने ठाउँमा अनिवार्य गर्ने तयारी भइरहेको छ ।  भन्ने सुनिन्छ । मानौँ यो परिचयपत्र साँच्चिकै नेपाल र नेपालीको हित विपरीत नभएता पनि ? सम्पूर्ण रूपमा सबै नागरिकले परिचयपत्र नपाईकन यसरी लागू गराउनु नागरिकमैत्री हो त ? त्यो बिचमा परिचयपत्र बनाउन नसकेका र बनिनसकेकाहरूको लागि राज्यबाट पाइने सुविधा लिन नपाउने अवस्था सिर्जना हुन कतिको धर्म र न्याय हो ?

सुरुवाती चरणमै मैले परिचयपत्रको फोटो खिचाएको भएता पनि विभिन्न व्यक्तित्वहरूले यसको नकारात्मक र सकारात्मक पाटोको बारेमा तर्क वितर्क अथवा आ-आफ्नो मत राखेको सुनेर मैले पनि  कुनै पक्ष र विपक्षको मतलाई मान्याता दिँदा तथा गहन रूपमा सोच्दा  कुनै पनि हालतमा नेपालीलाई यो राष्ट्रिय परिचयपत्र ठिक छैन भन्ने  लाग्यो । अनि परिचयपत्र घातक हो भन्ने लागेपछि बनेर आइसकेको भएता पनि म लिन नगई बसेको थिए । तर सरकारी सेवा सुविधा लिनको लागि अनिवार्य गरेको हुनाले मन नलागी नलागी परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेँ । पहिले कोठा भित्र कार्ड खोजियो भेटेपछि,बाहिर झ्यालबाट डिजिटल सिस्टमबाट मेरा औँलाको ल्याप्चे छाप लिइयो ।  अनि चार अङ्क को कोण नम्बर राखेर परिचयपत्र बुझेँ ,पश्चात् मेरो मनमा एउटा यस्तो भाव फुर्‍यो ।

मेरो बाबु को नाम के हो ?
मेरो पहिचान के हो ?
मेरो संस्कार के हो ?
मेरो पहिरन कहो ?

राज्यले नागरिकता खोसेर
परिचयपत्र दिए पछि
म यो देशको स्वतन्त्र नागरिक हुँ
भन्ने आभास हराएर

देश विहीन
माता विहीन
पिता विहीन !
आफ्नो पनको आभास विहीन
म टुहुरो अनागरिक हुँ भन्ने
महसुस गरेको छु ।

विश्व बैङ्कबाट १६ अर्ब रुपैयाँ ऋण लिएर वितरण गर्न लागिएको भनिएको राष्ट्रिय परिचयपत्रको साटो उक्त १६ अर्बले शिक्षा क्षेत्रमा लगानी गरिएको भए पक्कै
राज्यले विद्वान जन्माउने थियो होला । आज नेपालका विश्वविद्यालयहरू खाली भएर भविष्यका कर्णधारहरू प्लस टु पछि बाहिरिँदै गरेको बेलामा जनता खाना नाना र छाना बहिनी अवस्थामा गुज्रिरहेको बेलामा शिक्षा र स्वास्थ्यमा पहुँच नपुगी रहेको बेलामा राज्यले नागरिकको आधार स्तम्भ नै खडा गर्न नसकेको अवस्थमा यस्तो जनता मारा कार्य गर्नु पक्कै पनि खेदजनक छ ।

संविधानले नागरिकलाई दिएको सुरक्षा र गोपनीयता विरुद्ध नागरिकलाई अनागरिक बनाउन केही सीमित माफियाहरूको निहित फाइदाको लागि  राष्ट्रिय परिचयपत्र लागू गराइएको हो ।  किनकि यसको डेटा कलेक्सन त्यसमा प्रयोग गरिएको चिप्स को नियन्त्रण हाम्रो हातमा हुँदैन विदेशीको हातमा हुन्छ । हामीले त डेटा बेच्ने हो । कलेक्सन सेन्टर हाम्रो हैन सबै विदेशीको हातमा हुन्छ भनेर यसका जानकारहरू बताउँछन् ।

गत असार १८ गते अधिवक्ता रामेश्वर राउत मात्रृदासले यो राष्ट्रिय परिचयपत्र नामको अराष्ट्रिय परिचयपत्र नेपाल र नेपालीको लागि उपयुक्त छैन संविधानको धारा ५ को १/२ अनुसार विपरीत छ भनेर यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त रिट माथि यही भाद्र ७ गते सर्वोच्च अदालतका माननीय न्यायधिस द्वय तिल प्रसाद श्रेष्ठ र मनोज कुमार शर्माको संयुक्त इजलासले हाललाई राष्ट्रिय परिचयपत्र स्थगित गर्न अथवा पूर्ण फैसला नआउन्जेल सम्म यसको कार्यान्वयन रोक्नको लागि अन्तरिम आदेश जारी गरेको छ । यस अन्तरिम आदेश पश्चात् केही समय यो अनावश्यक झनझटबाट नागरिकले मुक्ति पाउने त छन् ।  तर,पूर्ण फैसलामा के आउँछ भनेर पर्ख र हेरको अवस्था भने छ ।

यस मुद्दाको पक्षबाट बहस गर्नै अधिवक्ता मणिराम उपाध्याय भन्नु हुन्छ: यस्ता नागरिकलाई जिउँदै मार्ने कार्यमा संलग्न तथा यसको अवधारणा लागू गर्ने व्यक्ति वा समूहको पहिचान गरेर राज्य बिप्लपको अभियोगमा मुद्दा लगाउनु पर्छ ।
यस्तो गहन विषयको समाचार सम्प्रेषणमा एक दुई युटुबर बाहेक,कसैले पनि चासो नदेखाएको पाइन्छ । मूलधारे भनिएका मिडिया त झन् सरकारले गरेको गलत कामको बचाउ गर्न मै व्यस्त देखिन्छन् । भने कुनैपनि दलका माननीयज्यूहरूले यस आपराधिक कार्यको विरुद्धमा बोल्दैनन् । कानुनी ज्ञान नभएका माननीयहरूले त बोलेनन्, वकिल पढेका कानुनका ज्ञाता माननीयज्युहरुले समेत यस विषयमा चासो देखाएनन् । अझ एक  माननीय ज्यूले त केही दिन अगाडि सदनमा राष्ट्रिय परिचयपत्रको काम छिटो अगाडी बढाइयोस् भने, आफूले बनाएको संविधानको मर्म धर्म र कर्म नबुझ्ने नेतृत्वहरूबाट हामीले के आश गर्ने ?   यस्ता गहन विषयमामा सजग रहन स्वतःस्फूर्त रूपमा हामी नागरिक आफै जागरूक हुनुपर्ने छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर