कोटी होमबाट धार्मिक गुरुको उदाङगिएको छवि !­

श्रावण महिना भरी पशुपतिमा संचानल भएको कोटि होम विवादै विवादका साथ सम्पन्न भएको छ ।  कस्ता मानिसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा पूर्ण ज्ञान हासिल गरेका कोटी होमको आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्ति भण्डारी महाराजले मिडियालाई पनि राम्रो सँग प्रयोग गरेको देखिन्छ । कोटी होम प्रचार प्रसार मा जुन जुन मिडियाहरू लागिपरे उनीहरुको प्रचार शैलीका कारण अनि देशका फरक फरक विधाका चर्चित पात्रहरूलाई पनि कोटी होममा समावेश गराउन सफल हुनुको कारण पनि कोटि होम चर्चित हुन पुग्यो हजारौँ हजार भक्तजनहरू बाट धनको वर्षा भयो।

होलिवाईन खाने पात्र देखि सधैँ सनातनीहरूलाई गाली गरिरहने पात्रहरूलाई पनि मञ्चमा सम्मान गरेर यिनले सस्तो लोकप्रियता कमाए, भने सनातनीले सबैलाई सम्मान गर्छ । सबै प्रति समभाव राख्छ भन्ने सन्देश पनि दियो । अर्को रोचक कुरा के हो भने देशका चर्चित सामाजिक अनुहार हरूलाई समेत आफ्नो जादुको पासमा बानेर आफ्नो प्रशंसा गर्न यिनले लगाए, यिनको ठाउँमा अरू कसैले कोटी होम लगाएको भए सायद यति चर्चित चाहिँ हुने थिएन होला ? यिनको क्षमता लाई भने मान्नै पर्दछ । कार्यक्रम समापनको अन्तिम साँझ उनी माथि लागेका केही आरोपहरूको विषयमा सोधपुछ गर्न प्रहरी लिन पुग्दा, एक किसिमको कोलाहल मच्चाउन उनी र उनका समर्थकहरू सफल हुन्छन् । फेसबुक लाइभ मार्फत  उनले आइफुलाई सरकारले पक्रन पठाएको ,अब बंगलादेशको हालत गर्छौ । हिन्दु धर्म खतरामा पर्छ ।  रण मैदान बनाउँछु । विदेशीहरूको  डिजाइन हो । सबै हिन्दु धर्म मान्नेहरू मलाई बचाउन आउनु भनेर आफ्नो अनुयायी हरूलाई आन्दोलन गर्न उध्देतिल गर्दै आफ्नो क्याम्पमा आफूलाई सुरक्षा दिन आउन आव्हान  नै गरे ।

कोटि होम सञ्चालन हुँदै गर्दा पनि उनले बेलाबेला आफूलाई खतरा महसुस भएको आफूलाई जे पनि हुन सक्ने भन्ने अभिव्यक्ति दिएका थिए । एउटा धार्मिक गुरुले अराजक देखिने ग्याङ पालेर अराजक तरिकाले हुल्याय काम गर्न लगाउनु र आफू सर्वेसर्वा ठानेर कानुन भन्दा माथि आफूलाई मानेर कानुनको पालना नगरेर प्रहरी आउँदा प्रहरीलाई हात पात गर्नै लाई धार्मिक गुरु मान्न हामी सक्छौ ?

हामी सनातन हिन्दु धर्मावलम्बीहरूले कानुनको सम्मान गर्न नसक्ने धर्मगुरुले जे जे भनो त्यही मानिदिनु पर्नै ? उनिले कोटि होम लगाए , देवी प्रतिभा,चन्द्रकला सखी, ९ वर्षीय देवी अनुराधा हरूलाई नेपालमा चिनाए यो गौरवको विषय हो । तर दुःखको कुरा त्यस्तो धार्मिक छवि बनाएका महाराजले आफूलाई लागेको आरोप नियम संवत् ,कानुन संवत् त्यो आरोप निराधार हो । म निर्दोष छु । भनेर पुष्टि गर्नु पर्नैमा हुल र भिडको शक्तिले आफू छोपिन खोज्नु एकदम लज्जाको विषय हो ।

के ? उनी देवता हुन ? पहेँलो वस्त्र धारण गरेर  कपाल लामो लामो पाल्दैमा कसैलाई देवत्व करण गर्न मिल्छ ? हाउभाउ र गतिविधि हेर्दा उनी सन्त ,धार्मिक गुरु नभई एक धर्मको आवरणमा सफल व्यापारी हुन भने झैँ लाग्छ ।

यो समय वैदिक सनातन धर्म माथि चौतर्फी प्रहार भइरहेको छ । त्यसमा सबै भन्दा बढी खतरा सनातनी हरूलाई सनातनी भित्र कै पथ, पन्थ ,सम्प्रदायहरू र भोटको लागि आफ्नो धर्म संस्कृत परम्परा बेची दिने नेताहरूबाट छ ।

अनि माताका नामका भविष्यवाणी गर्ने, ज्योतिष नामका भविष्यवाणी गर्नै र सनातनी धर्मको नाममा विभिन्न क्याप खोलेर ब्याबसायिक चलाउने तर नियमित आफू चाहिँ सनातनी कार्य नगर्नेहरूबाट सनातन परम्परा माथि थप सङ्कट निम्तेको छ।

केही साता अगाडि एक ज्योतिष तथा धार्मिक गुरुले केही नेताहरूको फोटो राखेर मृत्युको कामना गरेर यमराजलाई आव्हान गरे । त्यो पनि मिडियामा प्रचार गरेर साँच्चिकै अनुष्ठान सफल गर्नु थियो भने, गोप्यमा ठाउँमा सो कार्य गर्नु पर्ने थियो होला ? हल्ला गरेर फेसबुक लाइभ गरेर चर्चा कमाउन खोजेका हुन । कि के हुन ? जे होस सनातन धार्मिक गुरु हुन् भने, देव बन्न खोज्ने असुर कार्य गर्ने ? सनातन धर्मले अरूको कुभलो समेत नसोच्नु, त्यो आफैलाई फर्केर आउँछ भन्छन् ।  उनले गरेका असुर क्रिया सनातनी धर्मको निर्देशन अनुरूप कसरी हुन सक्छ ?

असली गुरु कहिले चर्चा चाँहादैन् । कहाँ बस्छ थाहा हुँदैन । भेट्न धेरै खोज्नु पर्दछ । जो बजारमा पसल खोलेर बसेका छन्, हो उनीहरू ज्यादै चर्चा चलाउन चाहन्छन् । मसान जगाउँछन् । सम्मोहन क्रिया द्वारा भक्तहरूलाई वशीकरण गर्छन् । सेवाको नाममा व्यापार गर्छन् । हामीले उनीहरूलाई गुरु मानिदिनु पर्नै ? अनि हाम्रो सनातन धर्म उनीहरूले बचाई दिने ? असल साधु जङ्गल बस्ने नक्कली पाण्डा दरबार पस्ने अनि यो समाजमा तामझाम ती पाण्डाहरुले गर्नै?

मुखमा राम राम बगलीमा छुरा धस्ने ?  हामी आस्थाको नाममा ईश्वरको नाममा ती व्यापारीबाट लुटिने, हाम्रो धर्मले सिकाएको छ   दान गर दान गर तर हामीले गरेको दान कस्तोमा ? कसले प्रयोग गरेको छ ?  त्यो हामीलाई थाहा हुँदैन,पूर्ण आस्थाको साथ हामी विश्वास मा रहन्छौ ।

प्रहरीले ती महाराजलाई सोधपुछको लागी नियन्त्रण लिन खोज्दा हिन्दु धर्म माथिको प्रहार भनेर उनले जसरी हल्ला गरे त्यो हुँदै होइन । एउटा व्यक्तिले थामेको हिन्दु धर्म हुँदै होइन । यसलाई ठुलो हल्लाको विषय बनाएको मात्र हो । उनी सत्यवादी अहिले मिडियाले बनाए जस्तै साँच्चिकै धार्मिक गुरु थिए भने,आफ्नो शुण्ड मुसुण्ड तथा चेला चपेटा हरूलाई सम्झाई संयम अपनाउन लगाई  प्रहरी अनुसन्धान लाई सहयोग गर्दै विधिको शासन लाई अनुसरण गर्ने थिए ।  दूधको दूध पानीको पानी छुट्याउन र आफू सही छु भन्ने प्रमाण पेस गर्न सक्ने थिए । उनको धार्मिक छवि निरपेक्षढंगबाट हेर्दा पनि असल देखिने थियो। उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन्, आगामी दिनमा सनातनी धर्मको हरियो रुखमा लुकी बसेका हरियो सर्पहरूबाट सनातन धर्म  संस्कारलाई बचाई राख्न चुनौती देखिन्छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर