माओवादी केन्द्र सिन्धुलीका नेता रजनमगर एमालेमा प्रवेश

सिन्धुलीमाढी । नेकपा माओवादी केन्द्र सिन्धुलीका नेता नरबहादुर रजनमगर एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र सिन्धुलीका जिल्ला कमिटी सदस्य नरबहादुर रजनमगर आज एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको हातबाट टिका ग्रहण गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटी सदस्य तथा सहिद दलबहादुर रजनमगरको छोरा समेत रहेका उनी  तत्कालीन जिल्ला पार्टी जिल्ला इन्चार्ज राजन दाहालको कार्यशैलीको विरोध गर्दै आएका थिए ।

त्यसै गरी राप्रपा नेपालबाट  तीनकन्याका फडिन्द्र बहादुर ठकुरी पनि एमाले प्रवेश गरेका छन् ।

प्रवेश गराउँदै डा.राजन भट्टराईले पुरानै घर फर्केकोमा रजन र ठकुरीलाई धन्यावाद दिँदै एमालेको विकल्प नरहेको बताए । नेकपा एमाले जनताको पार्टी हो, राजनीति स्वार्थ रहित हुनुपर्ने बताउँदै सबै जुझारु, विकास प्रेमी र शान्ति चाहने हरूलाई एमालेमा गोलबन्द हुनसमेत आग्रह गरेका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर