मेयरलाई  अख्तियार पुर्‍याएपछि हाकिमको सरुवा !

सिन्धुलीमाढी ।  कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको सरुवा भएको छ ।

नगरपालिकामा आएको चार महिनाको छोटो अवधिमै कार्कीको सरुवा भएको हो ।

नगरपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्कीले नगरप्रमुख उपेन्द्र कुमार पोखरेललाई अख्तियार पुर्‍याउने अवस्था सिर्जना भएपछि उनको सरुवा भएको बताइन्छ ।

नगरपालिकामा सरुवा भएर आउन साथ कार्कीले नगरप्रमुख पोख्रेलको सचिवालयमा नियुक्त गरिएका स्वकीय सचिवलाई दिइएको तलब  अवैधानिक भएको बताउँदै उक्त रकम फिर्ता गर्न निर्देशन दिएका थिए ।

एक वडाअध्यक्षले माईशिर डटकमलाई दिएको जानकारी अनुसार स्वकीय सचिव राख्न पाउने कानुनी अधिकार रहँदारहँदै पनि प्रमुख प्रशासकीय अधिकृत कार्कीले  नगरप्रमुख पोख्रेललाई अप्ठ्यारो पार्ने गरी स्वकीय सचिवले खाएको तलब फिर्ता गर्न निर्देशन दिएपछि दुई बिचमा खटपट सुरु भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका  आफ्ना सहकर्मी मार्फत प्रमुख प्रशासकीय अधिकृत कार्कीले  नगरप्रमुख पोख्रेलका  विरुद्ध  मौखिक उजुरी गरेको बताइन्छ । ती वडाध्यक्ष भन्छन्‚  सो मौखिक उजुरीलाई आधार मान्दै २४ घण्टा भित्र उपस्थित हुन भनेपछि नगरप्रमुख टंगाल स्थित अख्तियारको कार्यालय पुगेका थिए ।

छोटो समय बसेका कार्कीले  गरेका काम कारबाहीले नगरप्रमुख पोख्रेललाई असफल साबित गराउन खोज्नेहरूलाई बल पुगेको थियो ।

स्मरणीय छ प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई आइतबार मध्याह्न एक कार्यक्रमका बिच चाँदीको करुवा दिएर बिदाइ गरिँदै छ । कार्कीको गृह मन्त्रालयमा सरुवा भएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर