रामेछापमा हत्या गरी फरार श्रेष्ठ भक्तपुरवाट पक्राउ

काठमाडौं । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको  छ ।

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा  २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्‍चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर