हतियार हराएकै घटना गुपचुप !

सिन्धुली । नेपाल प्रहरीको मूल मन्त्र छ, सत्य सेवा सुरक्षणम् । जब प्रहरीले आफैँले बाकेको हतियार हराउँछ वा सुरक्षित रहँदैन भने त्यस्तो प्रहरी अधिकारी वा कर्मचारीबाट नागरिकले कस्तो सुरक्षाको अपेक्षा राख्ने ? गत साताको बिहीबार भएको यो घटनाले सिन्धुली प्रहरीको अवस्था र कार्यशैली माथि यस्तै प्रश्न उठाएको छ ।

गत साउन १७ गते बिहीबार बरुण तर्फको रात्रिकालीन गस्तीमा निस्किएको भनिएको इलाका प्रहरी कार्यालय कपिलाकोटको भ्यानमा सवार प्रहरीकै हतियार हराएपछि निकै खैलाबैला मच्चियो ।  भ्यान र एउटा मोटरसाइकलमा गएको प्रहरी टोली  मरिण गाउँपालिका वडा नं. ३ स्थित सुके खहरे भन्ने ठाउँमा पुगेपछि रोकियो र राइफल हरायो भन्दै निकै ठुलो खैलाबैला मच्चियो ।

प्रहरी स्रोतका अनुसार निकै लामो समयको खैलाबैला पछि सो राइफल भेट्ने व्यक्तिलाई १० हजार पुरस्कार दिने भन्दै राती फर्कियो । भोलीपल्ट बिहान स्थानीय एक थोती माझी नाम गरेकी महिलाले पेस्तोल भेट्टाएको सूचना इलाका प्रहरी कार्यालयमा आयो । त्यहाँबाट प्रहरीको एउटा टोली सूचना पाउनासाथ सो ठाउँमा पुग्यो र महिलालाई राती भनिएको १० हजार होइन ५ हजार रुपैयाँ पुरस्कार स्वरूप हातमा थमाएर फर्कियो ।

प्रहरीले बोक्ने राइफल हराएको भनेर अघिल्लो दिन भनिए पनि भोलीपल्ट पेस्तोल भेटिएको विवरण कहीँ कतै सार्वजनिक भएन । सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त विवरण अनुसार प्रहरीले सो घटनालाई गुपचुप राखेको हो । हतियार जस्तो संवेदनशील विषयमा जिल्ला प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले समेत यो घटनालाई लुकाएको  जिल्ला सुरक्षा समितिका एक सदस्यले बताए । प्रहरीले यो घटना किन गुपचुप बनायो सो विषयको तथ्य खुल्दै जानेछ । सन्देश जनप्रियबाट


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर