एक व्यक्तिमाथि खुकुरी प्रहार, सिन्धुलीका अनिष सहित ३ पक्राउ

काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुलीका अनिष मगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भएका १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका–४ घर भएका २६ वर्षीय कुमार पण्डित र दार्चुलाको बाँज घर भएका १९ वर्षीय प्रेम सिंह महरा छन् ।उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट एक थान खुकुरी बरामद भएको छ ।

आइतबार दिउँसो ४ बजेतिर आलोकनगरस्थित सौराह होटल अगाडिको सडकमा कैलालीको धनगढी नगरपालिका–२ घर भएका २२ वर्षीय मनत केसीमाथि उनीहरुले खुकुरी प्रहार गरेको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सामान्य विवादमा खुकुरी प्रहार गर्दा केसीको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर