नेकपा एमाले गोलन्जोर–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा श्रेष्ठ निर्वाचित

सिन्धुली । नेकपा एमाले गोलन्जोर –काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भीम बहादुर श्रेष्ठ (निकेश) निर्वाचित भएको छ । सम्पर्क मञ्चको शनिवार भएको चौथो पालिका  सम्मेलनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

मञ्चको उपाध्यक्षमा कमल बहादुर  श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता बराल, सचिवमा अर्जुन बहादुर थापा, सहसचिवमा निरज भुजेल र महिला सहसचिवमा यमुना श्रेष्ठ र कोषाध्यक्षमा बुद्धिमान माझी निर्वाचित भएका छन । मञ्चको कुल १७ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

चौथो पालिका सम्मेलन एमालेका उपाध्यक्ष केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापाले उदघाटन गरेका थिए । उदघाटनमा पूर्व  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश कुमार पहाडी, केन्द्रीय सदस्य निर कुमारी दर्लामी, उमा कोइराला, बागमती प्रदेश सदस्य प्रदीप कटुवाल, विनेद खड्का , नेकपा एमाले सिन्धुली –काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष बद्री विक्रम काफ्ले, एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ  लगायत जिल्लाका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर