शिद्धबाबा कलेजले गर्‍यो, उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम

राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार  सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा सहित शिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेज जिल्ला प्रथम छ ।

सिन्धुलीको पहिलो  निजी क्षेत्रको शिद्धबाबा प्लस टु म्यानेजमेन्ट / सिन्धुली गुरुकुल कलेजले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजासहित उत्कृष्ट स्थान सुरक्षित  गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन गरेको कक्षा – १२ को परीक्षामा सहभागी पहिलो ब्याचकी देवी माया तामाङ र ओम राज तामाङ ३.७५ जीपीए अंक सहित जिल्ला प्रथम हुन सफल भएका छन् । भने ईशा श्रेष्ठ र समीक्षा पोखरेल ३.७१ जीपीए अंक सहित द्वितीय स्थान हासिल गरेर कृतीमानी रच्नुका साथै  शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका  छन्। कक्षा-१२ को परीक्षामा ३५ जना विद्यार्थी सहभागी भएका थिए ।

 

शिद्धबाबा म्यानेजमेन्ट कलेजका विद्यार्थी जिल्ला प्रथम भएको र शत प्रतिशत नतिजा हासिल गरेको संयोजक राहुल सिंहले माईशिर डटकमलाई जानकारी दिए । विद्यार्थीको मिहिनेत र लगनशीलता र व्यवस्थापनको हुटहुटीको कारण पहिलो वर्ष नै उत्कृष्ट नतिजा प्राप्त भएको उनले बताए ।

सिन्धुलीलाई शैक्षिक हबको रूपमा विकास गर्ने व्यवस्थापन संकाय (Management) पढ्न कै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले २०७९ सालबाट कलेज सुरुवात गरिएको अध्यक्ष खड्ग बहादुर खत्रीले बताए ।

हामीले सस्तो र सुलभ खर्चमा सिन्धुलीमा नै गुणस्तरीय शिक्षा दिने  लक्ष्यका साथ कलेजको स्थापना गरेका थियौ । त्यो कुरा पहिलो वर्षको नतिजाले नै पुष्टि गरिसको छ ।  यसले हामीमा एउटा विश्वास जगाएको छ भने चुनौती पनि थपेको छ । विपन्न तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौँ । उनले भने ।

साथै अध्यक्ष खत्रीले निकट भविष्यमा नै स्नातक तह व्यवस्थापन संकाय (बिबी.एस्)  सञ्चालन गर्ने समेत बताए ।

 

विद्यार्थीको हब शिद्धबाबा कलेज

सिन्धुलीमा सरकारी र निजी स्वामित्वमा सञ्चालित  स्कुल तथा कलेजहरू छन् । एसइई  परीक्षा सकिएपछि प्रायः  निजी विद्यालयमा अध्ययन गरेका  विद्यार्थीहरू अध्ययनको लागि काठमाडौँ लगायत बाहिरी जिल्लामा रहेका स्कुल तथा कलेजमा जाने कमी छैन । तर, पछिल्लो समय  एसइई दिएर बसेका सिन्धुलीका  विद्यार्थीको केन्द्र बन्न सफल भएको छ, शिद्धबाबा प्लस टु म्यानेजमेन्ट  कलेज ।

विद्यार्थीहरूसँग कलेज प्रमुख राहुल सिंह  / फोटो कलेजको फेसबुकबाट

सिन्धुलीको धुरा बजारमा २०७९ सालमा स्थापना भएको कलेजमा कक्षा ११ मा पहिलो वर्ष ३५ जना विद्यार्थी भर्ना भएका थिए । पहिलो वर्ष भर्ना भएका विद्यार्थीहरू जिल्ला प्रथम र दोस्रो हुँदै शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । कक्षा-११ मा पहिलो वर्ष ३५ , दोस्रो वर्ष ४३ र तेस्रो वर्ष अहिले ८१ जना विद्यार्थी भर्ना भएका छन् ।

कलेजले १५ हजार भर्ना शुल्क  लिने गरेको छ भने मासिक ५ हजार पढाई शुल्क बाहेक कुनै पनि  अतिरिक्त शुल्क नलिने जनाएको छ । सिन्धुली सहित धनुषा, महोत्तरी, सुनसरी, सर्लाही र रौतहट लगायत भारतको केरलाबाट समेतका विद्यार्थी शिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजमा अध्ययन गरिरहेका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर