व्यावसायिक कृषि गर्नेलाई सार्वजनिक र नदी उकास जमिन भाडामा दिनुपर्छ  – मन्त्री तामाङ

सिन्धुली । बागमती प्रदेशकी उद्योग वाणिज्य,भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सार्वजनिक र नदी उकास जमिन व्यावसायिक कृषि गर्न चाहनेहरूलाई भाडामा दिन पहल गर्ने बताएकी छिन् ।

बिहीबार सिन्धुलीमाढीमा भएको  कृषि विकास कार्यालय र पशु विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा  तथा आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम सार्वजनिकरण कार्यक्रममा उनले सो कुरा बताएकी हुन्।

मन्त्री तामाङले सिन्धुली विभिन्न स्थानीय तहहरूमा रहेका  सार्वजानिक तथा नदी उकास जमिन अतिक्रमणमा परेकाले यसलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताइन् ।  ‘दुधौलीको कमला नदी, तीनपाटनको चदाँह खोला, मरिण र हरिहरपुरगढीमा मरिण खोला, सुनकोशी,गोलन्जोर र फिक्कल गाउँपालिकामा रहेका  सार्वजिक तथा सुनकोशी नदीको उकास जमिनलाई अतिक्रमण रोकेर उत्पादनमा जोड्न आवश्यक छ । ’ उनले भनिन्।

बागमती प्रदेशको  नदी उकास  र सार्वजनिक जमिन भाडमा  दिने कानुनको निर्माणमा  आफू लागि पर्ने बताइन् । साथै अनुदानका लागि मात्र कृषि कर्म भन्नेहरूलाई ईन्कित गर्दै मन्त्री तामाङ भनिन्  – ‘ग्रामीण क्षेत्रबाट आउने कृषक र सुकिलो मुकिलो हुने कृषकको पहिचान गर्न आवश्यक रहेको छ ।’  सक्षम कृषक बन्नका लागि संघर्ष गर्नु पर्ने बताउँदै  मन्त्री तामाङले भनिन्  – ‘ हामी पसिना बगाउन लजाउँछौ अनि कसरी उत्पादन बढ्छ त ? भन्दै प्रश्न गरिन्।’  कृषिमा उत्पादन र रोजगारी बढाउनका लागि मन्त्री तयार रहेको प्रतिबद्धता जनाइन् ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर