अटो र टाटा सफारी ठोक्किँदा  सिन्धुलीमा दुई घाइते

सिन्धुलीमाढी ।सिन्धुलीमा अटो र टाटा सफारी ठोक्किँदा दुई जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्गमा भीमानबाट दुधौलीतर्फ गइरहेको बा १७ च ३६०२ नम्बरको टाटा सफारी र विपरीत दिशाबाट आउँदै गरेको को २ ह २९३६ नम्बरको अटो दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।

दुर्घटनामा परि अटो चालक उदयपुर कटारी नगरपालिका ४ का ४५ वर्षीय वकिल बहादुर आले मगर र अटोमा सवार उदयपुर कटारी नगरपालिका ४ की ५० वर्षीय नरीमाया आले मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

घार्ईते दुवै जनाको दुधौली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर