बालुवाटार पुगेर एमाले मन्त्रीहरूले दिए राजीनामा [तस्विरहरु]

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि उनीहरू बालकोट पुगेका थिए। अध्यक्ष ओलीले उनीहरूलाई वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए।

बुधबार बसेको एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर