सिन्धुलीका शिक्षकले त्यागेनन् दलसँगको आबद्धता

सिन्धुलीका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् । शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरूप तत्काल पार्टीको सदस्यता त्याग्न  शिक्षा मन्त्रालयले विशेष निर्देशन दिएसँगै देशभर दलसँगको आबद्धता शिक्षकहरूले त्यागेको भए पनि सिन्धुलीका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेका अनुसार हालसम्म जिल्लाका एक जना शिक्षकले पनि दल त्याग गरेको जानकारी गराएका छैनन् । यस अघि नै शिक्षकहरू राजनीतिक दलमा आबद्ध भएको पाइएमा कारबाही गर्ने विषयमा सूचना मार्फत जानकारी गराएको भए पनि शिक्षकहरूले दल त्याग नगरेको उनको भनाई छ । सिन्धुलीका शिक्षकहरू खुलेआम रूपमा कांग्रेस, एमाले,माओवादी र समाजवादीका विभिन्न कमिटी र विभागको जिम्मेवारीमा बसेका छन्।

शिक्षकहरूले सम्बन्धित पार्टी समक्ष राजीनामा बुझाए नबुझाएको विषयमा कार्यालयलाई कुनै जानकारी छैन।

राजनीतिक दलमा आबद्ध भएको भए दल त्याग गरेर इकाईमा पनि जानकारी गराउन कार्यालयले जिल्लाका शिक्षकहरूलाई आग्रह गरेको छ । शिक्षक राजनीतिक दलमा आबद्ध भएको प्रमाण सहित कसैले उजुरी दिए, स्थायीको हकमा कारबाहीको लागि सिफारिस गर्ने तथा अस्थायी र राहत नियुक्ति दिने निकाय बाट नै कारबाहीको  भागिदार हुने इकाई प्रमुख घिमिरे बताउँछन्।

जिल्लाका सामुदायिक विद्यालयका अधिकांश शिक्षक राजनीतिक पार्टीका कार्यकर्ता सरह नै पार्टी काममा लाग्ने गरेका छन् । शिक्षक पढाउन भन्दा बढी राजनीतिमा लागेपछि आलोचित बन्न थालेका छन्।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर