मन्त्री तामाङले गरिन पदभार ग्रहण

हेटौंडा । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले पदभार सम्हालेकी छिन् ।

बुधबार सपथ ग्रहण सँगै पदभार सम्हालेकी छिन् उनले उद्योग, वाणिज्य, भूमि व्यस्थापनमा पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। ‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन,’ उनले भनिन् ।

सानै उमेर देखि राजनीतिमा सक्रिय उनी (नेकपा) एमालेमा आबद्ध छिन् । उनी २०७९ सालमा जनजाति महिलातर्फको कोटामा समानुपातिकतर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपा एमालेको जनसांस्कृतिक महासंघ र अनेमसंघमा केन्द्रिय जिम्मेवारीमा रहेर काम गरेकी उनी बागमती प्रदेश सरकारको मन्त्री बनेकी छिन्।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर