सिन्धुली अस्पतालमा पत्थरीको शल्यक्रिया सफल

सिन्धुलीमाढी । सिन्धुली अस्पतालमा पहिलो पटक दुर्विन प्रविधिबाट गरिएको  पत्थरीको  शल्यक्रिया सफल भएको छ ।
जानकी मेडिकल कलेज जनकपुर अस्पतालका डा. शशी शेखर अधिकारीको नेतृत्वमा  डा.अधिकारीसँगै डा. विनयकुमार चौधरी र डा. दिन्जुल कटुवाल सहितको टोलीले  सोमबार एक बिरामीको   दुर्बिन प्रविधिबाट गरेको  शल्यक्रिया जिल्लामै पहिलो भएको अस्पतालले जनाएको छ ।
सिन्धुली अस्पतालमा दुर्विन प्रयोग गरिएको पहिलो अप्रेसन सफल भएको  र  आगामी दिनमा  सिन्धुलीमा नै  पित्त थैलीमा पत्थरी र एपेन्डिसाइटिसका बिरामी हरूको  अप्रेसन गर्न सकिने डा. दिन्जुल कटुवाल ले जानकारी दिए । काठमाण्डौं र धुलिखेल जानुपर्ने बाध्यतामा  अन्त्य गरिने डा. कटुवाले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर