बागमतीमा मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्री दाबी पेश रोकियो

हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी ढिलाइ हुने भएको छ । कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन ।
नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
नेपाली कांग्रेसका नेताहरूले आजै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताए पनि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रूपमा काठमाडौँ हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको छ ।
थपलियाले आफूलाई पार्टीका नेताहरूले आकस्मिक रूपमा बोलाएकाले काठमाडौँ जानुपर्ने जानकारी गराएपछि दाबी पेश रोकिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए । “भ्याए आजै बेलुकासम्म नभ्याए भोलि बिहान दाबी पेश गर्ने कुरा भएको छ, लामाले  भने,” ‘आज गर्ने कि भोलि गर्ने भन्ने साइत हेर्दैछौं ।’
नेता लामाले मन्त्रालय भागबण्डामा समस्या नरहेको दाबीसमेत गरे । त्यसमा धेरै समस्या छैन । समझदारी भइसक्यो, उनले भने ।
एमाले स्रोतले भने मन्त्रालय भागबण्डा नमिलेका बताउँछ । एमालेले मागेका ७ वटा मन्त्रालय दिन कांग्रेस तयार नभएको स्रोतको भनाइ छ । कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेको एमालेका एक सांसदले बताए ।
“कांग्रेसले मुख्यमन्त्री, भौतिक मन्त्रीसहित ठुला मन्त्रालय पनि लिने भएपछि एमालेलाई ७ वटा मन्त्रालय दिन भनिएको हो । मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्छ,” ती सांसदले भने ।
कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल पनि २ ठुला मन्त्रालयमा सहमति जुट्न नसकेको बताए । कुन मन्त्रालयबारे सहमति नजुटेको भन्ने खुलाएका छैनन् । उनले दुवै दलका नेता बसेर २ मन्त्रालय टुङ्ग्याउने जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर