कमला मा.वि ढुंग्रेबास जग्गा प्रकरण: मुद्दाको पेशी सर्‍यो

सिन्धुली। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेबासको जग्गा भाडा प्रकरणमा विरुद्ध परेको मुद्दाको पेशी सरेको छ।

कमलामाई नगरपालिका- ६ का जिवेन्द्र ठाकुरले २०८१ असार २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटमा    विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको जग्गा तथा टहरा मनमौजी  हिसाबले भाडामा लगाई भाडा उठाई खाइरहेको र शिक्षा ऐन २०२८  को दफा १५९ ले विद्यालयहरूको रेखदेख र व्यवस्थापन गर्ने जिल्ला शिक्षा समिति समेत आफ्नो दायित्वबाट विमुख भएको भन्दै,  शिक्षा ऐन विपरीत भएकाले खारेजीको माग गरिएको थियो।

यस रिटमा आइतबार उच्च अदालतका न्यायाधीश द्वय नारायण प्रसाद रेग्मी र सूर्य प्रसाद पराजुली को संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर सरकारी पक्ष (सरकारी वकिल) लाई अदालतबाट खबर नपुगेको र सरकारी पक्षलाई सूचना दिने आदेश पछि पेशी सारिएको उच्च  अदालत पाटनले जनाएको छ। यो मुद्दामा अर्को पेशी  तोकिएको छ।

यो पनि पढ्नुस्!

कमला मावि जग्गा प्रकरण: सिडीयो सहित ६ जना विरुद्ध मुद्दा


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर