सिन्धुली हुँदै ‘खयर’ तस्करी, सुनसरीमा समातियो

सिन्धुलीमाढी । सिन्धुली हुँदै रामेछापको खयरको काठ तस्करी हुने गरेको खुलासा भएको छ ।
रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा भएको हो ।
रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार वटा मालवाहक ट्रकलाई प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएपछि खयरको काठ तस्करी भएको विषय बाहिर आएको हो ।
सम्बन्धित जिल्लाबाट ट्रकलाई छुट पुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफियत भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । धरानमा रहेको सूर्य काष्ठ उद्योगको नाममा काठ लोड गरी लगिएको सो ट्रकमा अवैध काठ धेरै भेटिएको प्रजिअ तिवारीले बताए।
उनका अनुसार ट्रकमा टाँचा लगाएको भन्दा ठुलो सङ्ख्यामा काठको मुडा भेटिएकाले सङ्गठित मिलेमतोको आशंका गरिएको छ ।
रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार वटा मालवाहक ट्रकलाई प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएपछि खयरको काठ तस्करी भएको विषय बाहिर आएको हो । वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भन्दै छुट पुर्जी दिएको थियो । तर, अनुसन्धानका क्रममा गणना गर्दा २ हजार ७३३ वटा भेटिएको छ ।
अनुसन्धानका क्रममा वन कार्यालय रामेछापले काठमा लगाएको टाँचा समेत विधिपूर्वक नभएको पाइएको छ । सो काठ बोकेका ट्रक एक दिन सिन्धुलीमा समेत रोकिएर सुनसरी गएका थिए । नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भन्दै छुट पुर्जी दिएको थियो । तर, अनुसन्धानका क्रममा गणना गर्दा २ हजार ७३३ वटा भेटिएको छ ।
सो काठ बागमती प्रदेश ०१००६ ख २१११, बागमती प्रदेश ०१००६ ख ३३४९, मधेस प्रदेश ०३००२ ख ००९५ र कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बर को ट्रकमा रामेछापबाट लोड गरी सुनसरी पु¥याईएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले सो काठ तस्करीमा सुरक्षा निकायदेखि कार्यालयसम्म कै संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर