तासमा विवाद: सिन्धुलीमा चिर्पट प्रहार गरी बुढाथोकीको हत्या

सिन्धुली। सिन्धुलीमा चिर्पट प्रहार गरी एक जनाको हत्या भएको छ । आइतवार दिउँसो १ बजे सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ चालिसे बगर बस्ने ३० वर्षीय टिकाबहादुर बुढाथोकीको चिर्पट प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

घ्याङ्लेक गाउँपालिका – २ मिलन चोकमा तास खेल्न टिकाबहादुर बुढाथोकीलाई स्थानीय भुन्टे भनिने ज्ञानबहादुर वाइबा र आसमान वाइबाले पैसा सापटी  दिएका थिए। तर सापटी दिएको पैसा फिर्ता नदिएपछि आसमान र ज्ञानबहादुर वाइबा सहित पाँच/ छ जनाको  समूहले मृतक बुढाथोकीलाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते बुढाथोकीको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा आइतवार नै मृत्यु भएको हो ।

बुढाथोकीलाई चिर्पट प्रहार गरी हत्या गरेर फरार भएका असमान वाइबा र ज्ञानबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको एसपी काफ्ले ले बताए।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर