१९ महिनामा ढल्यो प्रचण्ड सरकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वास गुमाएका छन् । शुक्रबार उनले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रचण्ड स्वतः पदमुक्त भएका छन् । शुक्रबार प्रचण्डले राखेको प्रस्तावको पक्षमा ‍‍६३ मत परेको छ भने विपक्षमा १९४ मत पर्‍यो । शुक्रबार २५८ सांसद उपस्थित थिए । एक मत कतै पनि परेन ।

प्रचण्डको प्रस्तावको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले मतदान गरेका थिए भने विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपालगायतले मतदान गरेका थिए ।

प्रचण्ड सरकार १९ महिनामा ढलेको छ । उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका उनी एमालेकै कारण सत्ताविमुख भएका हुन् ।

अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन् ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

One thought on “१९ महिनामा ढल्यो प्रचण्ड सरकार

  1. राष्ट्र खाेक्राे पार्ने संविधानका केही व्यवस्थाहरु;जस्तै:
    १.प्रदेश
    २.संघिय संसदमा रहने समानुपातिक प्रणालीकाे भद्दा संख्या
    ३.बहुमतकाे दलले प्रम चलाउने व्यवस्था (हुनुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रम र त्यसलाई कन्ट्राेल गर्ने कानुन)
    ४.जिसस
    ५.विना परीक्षा ,याेग्यता र विशेषज्ञता व्यक्तिहरुलाई विभिन्न पदमा मनाेनयन गर्ने व्यवस्थाहरु
    लगायत संविधान र कानुन संसाेधन गर्ने काम गरे त ठिकै हाेला,नत्र सरकार बनाउने खेलकाे यस्ताे श्रृंखलाकाे नयाँ के नै हुन्छ र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर