६ क्विन्टल १५ के.जी गाँजा सहित हरिहरपुरगढी गाउँपालिकाबाट एक जना पक्राउ

सिन्धुली ।सिन्धुलीमा ठुलो परिणामको गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिन रहेका छन् ।

हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ चिसापानी स्थित थोले व्लोनको गोठमा लागुऔषध गाँजा लुकाईछिपाई राखिएको छ भन्ने सुचनाको आधारमा खोजतलास गर्दा बोरा तथा फलामको ड्रममा राखिएको अवस्थामा ६ क्विन्टल १५ के.जी गाँजा फेला परेको थियो ।

लागु औंषध गाँजा सहित पक्राउ परेका पाख्रिनमाथि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर