कमलामाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा

सिन्धुमाढी ।सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ ।

“सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरीय शिक्षा प्राप्तिको सुिनश्चितता” भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।

नगरभित्रका ४ वर्ष देखि १३ वर्ष उमेर समुहभित्र रहेका सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुच पु¥याउँने लक्ष्यका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय र पालिकाबीच सम्झौता भई सवै वडा र विद्यालयबाट ४ वर्ष उमेर पूरा भई १३ वर्षका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा भए अनुरुप आज यस पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बामगती प्रदेशको १ सय १९ वटै पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने टार्गेट अनुसार बषैपिच्छे ५ देखि ७ वटा पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्दै लगिएको बताइन् ।

नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षा बाट कुनै पनि बालबालिकालाई बञ्चित हुन नदिनका लागी सबै सरोकारवाला निकायले साथसहयोग गरेमात्र आज गरिएको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमले सार्थकता पाउँने बताए।

राज्यको तिनवटै निकायले शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउँनु पर्ने बताउँदै नगर उपप्रमुख मञ्जु देवकोटाले अवको शिक्षा प्रविधियुक्त र जीवन उपयोगी खालको हुनुपर्ने धारणा राखेकी थिइन्।

अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्नेमा कमलामाई नगरपालिका बागमती प्रदेशको ११ औ पालिका बनेको छ । सिन्धुलीको मरिण गाउँपालिकाले यसअघिनै अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिसकेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर