पार्टीलाई निःशुल्क जग्गा दिने राई सम्मानित

सिन्धुलीमाढी। नेकपा एमाले सिन्धुलीले पार्टी कार्यालय निर्माणको लागि निःशुल्क जग्गा दिने तबल सिं राई सम्मानित भएका छन्।
सिन्धुलीको दुधौली नगरपालिका १४ का तबल सिं राईले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई निःशुल्क जग्गा प्रदान गरेका थिए। उनले एमाले वडा कमिटीको भवन निर्माणका लागी दुधौली नगरपालिका १४ मा दश धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
राईले पार्टी कार्यालय निर्माणका लागि दश धुर जग्गा मालपोत कार्यालय सिन्धुलीमा रजिस्ट्रेसन पास गराएर दिएका हुन्। उता पार्टीलाई निःशुल्क जग्गा उपलब्ध गराउने राईलाई नेकपा एमाले सिन्धुलीले सम्मान गरेको छ।
बुधवार नेकपा एमाले सिन्धुलीले आजाद स्मृति भवनमा राईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो। नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राईले पार्टी कार्यालयका लागि जग्गा दान गरी कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएकाले पार्टीको तर्फबाट सम्मान गरिएको बताए।
राईको सहयोगले उक्त अवसरमा अध्यक्ष श्रेष्ठले एमालेको राजनीतिक उचाइलाई अझ माथि पुर्‍याउन सहयोग पुगेको बताए। सोही अवसरमा राईले निःशुल्क दिएको जग्गाको लालपुर्जा दूधौली नगरपालिका १४ वडा कमिटीका अध्यक्ष बलबहादुर कटवाललाई हस्तान्तरण गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर