एमाले कमलामाई-काठमाडौँ सम्पर्क मञ्चको कमान्डमा नेत्र र पासाङ 

एमाले कमलामाई – काठमाडौँ सम्पर्क मञ्चको कमान्ड नेत्र बहादुर बस्नेत  र पासाङ स्याङ्तानले लिएका छन्।
नेकपा एमाले सिन्धुली- काठमाडौँ सम्पर्क मञ्च अन्तर्गत कमलामाई काठमाडौँ सम्पर्क मञ्चको चौथो पालिका सम्मेलनबाट अध्यक्ष नेत्र बहादुर बस्नेत र सचिव पासाङ स्याङ्तान  सर्वसम्मत निर्वाचित भएका हुन्।
बस्नेत र स्याङ्तानको नेतृत्वमा  १५ सदस्यीय एमाले कमलामाई काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । अध्यक्ष नेत्र बहादुर बस्नेत उपाध्यक्ष नेत्र बहादुर थापा र देव कुमारी पौडेल सचिव  पासाङ स्याङ्तान उपसचिव द्वय रमेश कुमार रम्तेल र पुनम लामा कोषाध्यक्ष  सिताराम श्रेष्ठ निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरू  विज्ञान न्यौपाने, कृष्ण बहादुर नेपाली, जीवन नेपाली, विष्णु कोइराला, निर बहादुर विश्वकर्मा, सूर्य बहादुर राय, नवराज तामाङ र शोभा तामाङ रहेका छन्।
एमाले कमलामाई काठमाडौँ सम्पर्क मञ्चको चौथो पालिका सम्मेलन असार १ गते शनिवार च्यासलमा भएको थियो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर