खुर्कोट पुलबाट सुनकोसीमा हाम फालेका संग्रौला  बेपत्ता

सिन्धुली ।गोलन्जोर गाउँपालिकाका ७ खुर्कोटमा रहेको पुलबाट सुनकोसीमा हाम फाल्दा विष्णु प्रसाद संग्रौला बेपत्ता भएका छन्।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजारबाट  रामेछाप जाने पुलबाट हाम फालेका संग्रौला बेपत्ता भएका हुन्।
काठमाडौँ महानगरपालिका–६ बौद्धका विष्णु प्रसाद संग्रौला शुक्रवार राति १० बजे सुनकोसीमा हाम फालेर बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।
संग्रौलाले सुनकोसीमा हाम फालेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी दिएको एसपी काफ्लेले जानकारी दिए। उनका अनुसार  घटनास्थलमा बेपत्ता भएका संग्रौलाले बोकेको एक थान मोबाइल भेटिएको छ भने नदीमा हाम फाल्नुका कारण समेत खुलेको छैन । हाल: उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको  छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर