सिन्धुलीमा बाली बीमा शुन्य

सिन्धुलीमा बाली बीमा गर्ने कृषकको सङख्या  शुन्य रहेको  पाईएको छ। सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि सिन्धुलीमा भन्ने  एक जना कृषकले पनि बालि बीमा गर्न सकेका छैन् । जिल्लाको करिब ९० प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि अहिले सम्म बाली बीमा गर्नेको कृषकको सख्या भने शुन्य रहेको छ ।

जिल्लामा व्यावसायिक रुपमा नै जुनार, तरकारी, फलफुल खेती हुने गरेको भएपनि बाली बिमा गर्ने कृषकहरुको संख्या भने शुन्य रहेको छ ।कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्यले सरकारले २०६९ माघ १गतेदेखि बालि बिमा लागू गरेको भएपनि सिन्धुलीमा हाल सम्म एउटा पनि बालीको बिमा गरिएको तथ्याङ्क कार्यालयमा नरहेको सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेड सिन्धुली शाखाका प्रमुख मोती लाल यादवले जानकारी दिए ।उनका अनुसार जिल्लामा २०७१ देखी कृषि तथा पशुबिमाका लागि कार्यालय सञ्चालनमा आएकोमा हाल सम्म कार्यालयमा केहि पशु बिमा बहेक  एक जनाले पनि बाली बिमा गरेका छैनन् ।कृषि बीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो ।

सरकारले कृषि बीमा कार्यक्रम अन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नभएको सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्वर ४ माझ कुबेण्डेका जुनार कृषक लोकबहादुर आले बताउँछन्। कमलामाई नगरपालिका ७ बर्देउटारमा तरकारी खेती गरिरहेका पदम श्रेष्ठले भने “यहाँ तरकारी खेती गर्ने कुनै पनि किसानले बीमा गरेका छैनन्। बीमा कहाँ गएर गर्ने र यसका लागि के के चाहिन्छ नै हामीलाई थाहा छैन, त्यसैले नगरेको हो।”

यता कृषकहरुमा प्रयाप्त अभिमुखीकरण र जनाकारी नहुँदा कृषि बिमा शुन्य रहेको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख अरुण खनाल बताउँछन्। ज्ञान केन्द्र प्रमुख खनालले भने, यो बाली बिमाको आधिकारीक कम्पनी सिद्धार्थ प्रिमियर इन्सुरेन्स हो। अरु बिमा कम्पनीले बाली बिमा नगरेपनि हुन्छ तर उसले बाली बिमा अनिवार्य गर्नुपर्दछ।बिडम्बना सिन्धुलीमा प्रमुख उत्पादन जुनारको समेत अहिलेसम्म बिमा गरिएको छैन। त्यसैले प्रचारप्रसार र सान्वयकारी भुमिकाको कमी नै रहेको खनालले बताए।

कृषकहरुको परिश्रमलाई खेरा जान नदिन सरकारले बाली बीमाको पनि व्यवस्था गरेको हो । असिना, बाढी, पहिरो लगायतका कारणले बालीमा क्षति पुग्ने भएकाले पनि कृषकले बालि बीमा गराउन अनिवार्य हुन्छ ।कृषकलाई बिमा कार्यक्रममा सक्रिय सहभागी गराउने उद्देश्यले सरकारले प्रिमियममा लाग्ने कुल रकम मध्ये ७५प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने नीति लिए पनि कृषकहरु बालि बिमाप्रति आकर्षित छैनन् ।२५ प्रतिशत बराबर शुल्क मात्रै कृषकले व्यहोर्नुपर्ने भएपनि जिल्लाका कृषकहरुले बालि बिमा गरेका छैनन् ।

कृषकहरुले भने जानकारी नहुनु, विमा गर्नका लागि प्रक्रिया झनझटीलो हुनु जस्ता कारण बालि बिमातर्फ चासो नदिएको बताएका छन् । जिल्लामा बाली बीमाको बारेमा कृषकहरुलाई सचेतना जगाउने र बिमा गर्ने प्रकृयाका बारेमा जानकारी गराउने कुनै पनी कृयाकलापहरु सम्बन्धीत निकायबाट हुन सकेको छैन ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर